प्रभाकर गृहमन्त्री बनेकै दिन नारायाणकाजीले मध्यराति लेखे यस्तो तनावग्रस्त स्टाटस

  • काठमाडौं ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट कृष्णबहादुर महराको नेतृत्व गरेपछि पार्टीका अर्का प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले मध्यराति सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।

उनले पार्टीका तर्फबाट सरकारमा पठाइए मन्त्रीहरुको नाममा घुमाउरो शैलीमा असहमति जनाएका हुन । श्रेष्ठले बुधबार राति १० बजे सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै राजनीतिलाई फोहोरी खेल बनाउन नहुनेमा जोड दिएका छन् । 'राजनीतिलाई फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिवर्तनको के अर्थ ?' भनेर उनले प्रश्न गरेका छन् ।

‘राजनीति लाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिबर्तनको के अर्थ ? अनि हामी राजनीतिमा रहिरहनु को पनि के अर्थ रहन्छ र ? बदलौं’, श्रेष्ठले भनेका छन् । माओवादी केन्द्रको बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हेडक्र्वाटर बैठकले कृष्णबहादुर महराको नेतृत्वमा शेरबहादुर देउवा सरकारमा सहभागी हुने निर्णय गरेको थियो । महरा उपप्रधानसहित परराष्ट्र, जनार्दन शर्मा गहृ र प्रभु साहले बिनाविभागीय मन्त्रीको बुधबारै सपथ लिएका छन् ।

यसअघि उनी केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री श्रेष्ठ नेता गिरिराजमणि पोखरेलको नेतृत्वमा सरकारमा नयाँ टिम पठाउनुपर्ने भन्नेमा थिए । तर, आफुले भनेजस्तो नभएपछि उनको असन्तुष्टि सार्वजनिक रुपमै छताछुल्ल भएको श्रोतको भनाई छ। देउवा सरकारमा माओवादी केन्द्रले दशवटा मन्त्रालय पाउने स्रोतले बताएको छ । 

२०७४ जेठ २५ मा प्रकाशित ।


,

प्रतिकृया दिनुहोस्

Loading...