ट्वीटरमा बाबुरामको व्यंग्य, मतपत्र च्यात्नेलाई सम्मानित गरिए चुनावमा कसैले हार्नु पर्दैन !

  • काठमाडौं ।
नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले व्यंग्यात्मक ट्विट गर्दै मतपत्र च्यात्नेलाई सम्मान गरिए अबको चुनाबमा कसैले पनि नहार्ने बताएका छन् । 

भरतपुरमा मतपत्र च्यात्नेलाई पुरस्कृत नगर्न आग्रह गर्दै बाबुरामले यस्तो ट्विट गरेका छन् । कानुनी छिद्रलाई टेकेर मतपत्र च्यात्नेलाई पुरस्कृत गरिए भोलि कसैले पनि चुनाव नहार्ने भन्दै उनले यस्तो व्यंग्य गरेका हुन् ।

ट्विट गर्दै बाबुरामले नाजीवाद र फासीवाद पनि चुनाव (ब्यालेट) बाटै आएको भन्दै उनले मतपत्र च्यात्नेलाई पुरस्कृत गरिए लोकतन्त्र मर्ने उल्लेख गरेका छन् । 


भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको प्रहरी र निर्वाचन आयोगले समेत पुष्टि गरेपनि उनीहरुलाई रिहा गरिएपछि माओवादी केन्द्रले सम्मान गर्ने हल्ला चलिरहेको छ ।

सोही कारण बाबुरामले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै ब्यालेटबाटै नाजीवाद र फासीवाद ल्याउन खोजेको आरोप लगाएका छन् ।

उनले जसको शक्ति उसको भक्ति भन्ने संस्कृतिले जसरी पनि चुनाव जित्न र हार्न लाग्दा मतपत्र च्यात्न उद्यत हुने प्रवृत्ति बढ्ने दाबी गरेका छन् । ‘जसको शक्ति उसको भक्ति संस्कृतिले जसरी पनि चुनाव जीत भन्छ, हार्न लाग्दा मतपत्र च्यात्न उद्यत गर्छ,’ बाबुरामको ट्विटमा उल्लेख छ । उनले भरतपुर नेपाली लोकतन्त्रको लिट्मस टेस्ट भएको बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...