बझाङमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट, ५ जना घाइते

  • काठमाडौं । 
बझाङमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका केन्द्रमा मतगणना शुरु हुने बेला बिहीबार विहान कुटाकुट सुरु भएको हो । 

मतदान केन्द्र बाहिर आपसी बिबाद हुँदा एमाले र माओवादी कार्यकर्ताबीच कुटाकुट भएको हो । कुटाकुटमा परि ५ जना घाइते भएका छन् ।

कुटाकुटमा घरेलु हातहतियार प्रयोग गरिएको बताइएको छ । उक्त घटनामा एमालेका २ कार्यकर्ता, माओवादी केन्द्रका १ र २ जना म्यादी प्रहरी घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै गरिएको र आक्रमणमा संलग्न ९ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। घटनालबाट केही धारिला हतियार समेत बरामद भएका छन् ।

२०७४ असार १५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...