'ब्यापारी अपहरणमा हाम्रो संलग्नता छैन, अपहरण गर्ने पार्टीको निती पनि हैन'

  • काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीले जडिबुटी ब्यापारी गोपालबाबु श्रेष्ठ र कविता दाहाल अपहरण काण्डमा आफ्नो पार्टीको संलग्नता नरहेको प्रष्ट पारेको छ।

कम्युनिष्ट पार्टीका काठमाडौँ जिल्ला पार्टी कार्यालय सचिवले इमान्दार मिडियासँग कुरा गर्दै अपहरण काण्डमा पार्टीको संलग्नता नरहेको बताएका हुन् ।

'पार्टीको नाममा अरु कोहीले त्यस्तो अपराधिक काम गरेको भए पार्टीलाई जानकारी छैन। त्यस्ता व्यक्ति कोही पार्टीमा भए कारबाही गरिन्छ तर ब्यापारी अपहरण गर्ने र रकम असुल्ने पार्टीको निती हैन ।' उनले भने ।

पार्टीको निर्देशन बिपरित कुनै कार्यकर्ताले पार्टीका नाममा गलत ढंगले चन्दा असुल्ने, व्यापारीहरुसंग रकम माग्ने, पार्टीका नाममा मुद्दामामिला हेर्ने, कमिसन खाने जस्ता गलत कृयाकलाप गरेको पाइए वा कुनै कार्यकर्ता त्यस्ता कृयाकलापमा संलग्न भएको पुष्टि भए कारबाही गरिने कम्युनिष्ट पार्टीले बताएको छ।

शनिबार बालाजुको आकाशेपुल नजिकै रहेको तनहुँ स्याङजा पर्वत होटलमा एक समूह आएर होटलमा बस्दै गरेका एक दम्पत्तिलाई जर्वजस्ती ट्याक्सीमा हालेर लिएर गएपछि उनीहरुलाई नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको गलत समाचार बाहिरिएको थियो।

ब्यापारी अपहरणको सूचना पाउनासाथ प्रहरीले होटल पुगेर अनुसन्धान अघि बढाउँदा करिब ८ महिनादेखि उक्त होटलमा बस्दै आएका जडिबुटी ब्यापारी ६१ वर्षिय गोपालबाबु श्रेष्ठ र भक्तपुर चाँगुनारायण नपा २ की ५२ वर्षीया कविता दाहाल अपहरणमा नै परेको भने पुष्टि गर्‍यो।

महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले अपहरित दम्पत्तिको भने उद्दार गरेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकोले अहिले नै सबै कुरा भन्न नमिल्ने प्रहरीको भनाइ छ।



, ,

प्रतिकृया दिनुहोस्

Loading...