दोस्रो चरणको निर्वाचनका लागि आयोगको तयारी पूरा भयो - प्रमुख आयुक्त



काठमाडौँ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । 

आज रिपोर्टस क्लबमा पत्रकारहरुसँग कुरा गर्दै यादबले अबको दुई दिनपछि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया सुरु हुने बताए । 

दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहका लागि १२ हजार मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था आयोगले मिलाएको छ । 

प्रमुख आयुक्त यादवले आयोगका तर्फबाट कुनै अप्ठेरो अवस्था नभएको र राजनीतिक दृष्टिकोणबाट भने अझै केही अप्ठेरो अवस्था बाँकी रहेकोे बताए । 

निर्वाचन आयोगले निर्वाचनमा आचारसंहितालगायत निर्वाचन विवाद सम्बन्धी घटनाको अुनगमन गरी विवाद समाधान गर्न सहसचिवस्तरको अनुगमन टोली खटाउने निर्णय गरेको जानकारी दिँदै प्रमुख आयुक्त यादवले यसरी खटिने सहसचिवका लागि आजैबाट प्रशिक्षण सुरु गरिएको बताए । त्यसबाहेक सुक्ष्म अनुगमन टोली पनि संवेदनशीतलाका आधारमा खटाइने उनको भनाइ छ । 

असन्तुष्ट दलले निर्वाचनको मिति सार्न गरिरहेको आग्रहबारे प्रमुख आयुक्त यादवले असार १४ को निर्वाचनलाई कुनै पनि हालतमा सार्न नमिल्ने स्पष्ट पारे । 

२०७४ जेठ ३० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...