मुक्तक सङ्ग्रह ‘परिवर्तन’ विमोचन

परिवर्तन सर्गम साहित्य प्रतिष्ठानद्वारा आयोजित महिनाको पहिलो शनिबारीय कार्यक्रममा गौरी पब्लिक रिलेशन एन पब्लिकेशनको सहकार्यमा आज आर. आर. क्याम्पस प्रदर्शनी मार्गमा संयुक्त मुक्तक सङ्ग्रह ‘परिवर्तन’ विमोचन भयो ।
विमोचन कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ गजलकार डा. घनश्याम परिश्रमी, अतिथीहरूः थारु भाषाका श्रष्टा पुनाराम कर्यावरिका, समालोचक जिके पोखरेल, गौरी पब्लिक रिलेशन एन पब्लिकेशनका अध्यक्ष दामोदर ढकाल ‘दीपक’ र ‘परिवर्तन’ संयुक्त मुक्तक सङ्ग्रहका संयोजक गोविन्द लामिछानेले संयुक्तरूपमा विमोचन गरे ।

थारु भाषाका स्रष्टा पुनाराम कर्यावरिकाले भने– “‘परिवर्तन’ संयुक्त मुक्तक सङ्ग्रहले नेपाली साहित्यमा एउटा इटा थप्ने काम गरेस् । शुभकामना छ ।” उनले गजल सुनाएर उपस्थित साहित्यप्रेमीलाई मनोरञ्जन प्रदान गराएका थिए ।
परिवर्तन मुक्तक सङ्ग्रहको संयोजन÷सम्पादन गोविन्द लामिछानेले गरेका हुन् भने प्रकाशन तथा वितरण गौरी पब्लिक रिलेसन एन पब्लिकेशनले गरेको हो । यस मुक्तक सङ्ग्रहमा ७१ जना सर्जकका मुुक्तक सङ्ग्रहित छन् । यस पुस्तकको मूल्य रु. १२५ रहेको छ ।
२०७४ असार ४ गते प्रकाशित
प्रतिकृया दिनुहोस्
Loading...