राप्रपाभित्र बबण्डर : देउवा सरकारमा जानेबारे पशुपति राणा र कमल थापाबीच भयो यस्तो घम्साघम्सी !

  • काठमाडौं । 
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे राप्रपाभित्र मुख्य २ नेताबीच चरम विवाद सिर्जना भएको छ । 

सरकारमा सरकारमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपालाई शनिबार लिखित पत्र पठाए । त्यसपछि लगत्तै देउवाले सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा राप्रपा नेता पशुपति समशेर राणा र कमल थापालाई छलफलका लागि बोलाए पनि पशुपति समशेर राणा गए तर कमल थापा गएनन् ।

राणासँगको भेटमा देउवाले राप्रपालाई अघिल्लो सरकारको पालामा जस्तै स्थानीय विकास, आपूर्ति र भूमिसुधार र पर्यटनसहित ४ वटा मन्त्रालय दिन सकिने तर उपप्रधानमन्त्री दिन नसकिने प्रस्ताव राखे । देउवाको यस्तो प्रस्ताव आएपछि शनिबार नै महाराजगञ्जस्थित पशुपति समशेर राणा निवास ‘विजयबास’ बसेको अनौपचारिक बैठकमा राप्रपाका शीर्ष नेताहरु थापा र राणाबीच विवाद सुरु भयो । र २ शीर्षनेतावीच तीतो भनाभनसमेत भएको स्रोतले बतायो । 

बिजयबासको गोप्य बैठकमा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री नपाएसम्म राप्रपा सरकारमा जान नहुने र सरकारको नेतृत्व पार्टी अध्यक्षले नै गर्न पाउनुपर्ने लाइन प्रस्तुत गरेका थिए । सरकारमा राप्रपालाई सम्मानजनक स्थान हुनुपर्ने अध्यक्ष थापाको भनाइ थियो । 

तर, पशुपति समशेर राणाले भने ४ वटा मन्त्रालय पाउनु राप्रपाका लागि सम्मानजनक भएको भन्दै उपप्रधानमन्त्री नपाए पनि सरकारमा जानुपर्ने अडान राखेका थिए ।



सरकारमा आउन देउवाले गरेको लिखित आग्रहका विषयमा निर्णय गर्न राप्रपाले आईतबार पनि कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...