अाधा दर्जन निर्वाचन अधिकृत राजपाको नियन्त्रणमा

  • सप्तरी । 

चुनावविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकताले मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् ।

आगामी असार १४ गते हुने लागि सप्तरीमा खटिएका राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदान सहाकयक मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएका छन् ।

अाज (बुधबार) बिहान ११ बजे निर्वाचनसम्बन्धी तालिमस्थल पुगेका सहायक मतदान अधिकृतहरुलाई उनीहरुले नियन्त्रणमा लिएका हुन ।

राजपा कार्यकर्ताको नियन्त्रणमा कपिलदेव यादव, केजुलाल चौधरी, रविन्द्र साह, अरुणकुमार दास र वैद्यनाथ साह र विन्दु खंग रहेका छन् । उनीहरुलाई महेन्द्र क्याम्पस परिसरमै राजपा कार्यकर्ता नाराबाजीका बीच घेरा हालेर राखेका छन् ।

स्थानीय प्रशासनले बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...