इसइई परीक्षामा कुन जिपिएमा कति विद्यार्थी ? हेर्नुहोस् पूर्णविवरणसहित

  • काठमाडौं ।
माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष ४ लाख ४५ हजार ५ सय ६४ जना सहभागी भएकोमा १२ हजार २ सय ८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तिर्ण भएका छन् । 


त्यस्तै जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याएर ४२ हजार ४ सय २७ जना, जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याएर ५० हजार ६ सय ४६ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर ६१ हजार ९ सय ५५ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ९१ हजार ३ सय १४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शुन्य सम्म ल्याएर १ लाख ८ हजार ४ सय ६४ जना, जिपिए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ६४ हजार ५ सय ७७ जना, शुन्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ११ हजार २ सय ८५ जना र शुन्य दशमलव ८० सम्म १५ जना उत्तिर्ण भएको कार्यालयले जानकारी दिएको छ । 

परीक्षामा उमेर नपुगेका २ जना रहेको, १३ सय २० जना ले सैद्धान्तिक विषयको परीक्षा नदिएको,१ हजार ३८ जनाले प्रयोगात्मक नदिएको र तीनजनाको नतिजा रोकिएको छ । त्यस्तै, २ सय १६ जनाको उत्तरपुस्तिका रद्द भएक छ भने ७ हजार ६ सय ४ जनाले परीक्षा ड्रप गरेका छन् । 

एक्जाम्टेडतर्फ जम्मा १६ हजार ५ सय ७२ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर कोही पनि उत्तिर्ण नभएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै, जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म २ जना उत्तिर्ण भएका छन् । भने जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म २१ जना, जिपिए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर २ सय २२ जना , २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर १ हजार ९ सय ६४ जना, जिपिए १ दशमलव ६५ देखि २ दशमलव शुन्यसम्म ल्याएर ७ हजार ४ सय ७० जना जिपिए शुन्य दशमलव १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याएर ५ हजार ७ सय ५८ जना, शुन्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ६ सय ५ जना र शुन्य दशमलव ८० सम्म १ जना उत्तिर्ण भएका छन् ।

सैद्धान्तिक विषयको परीक्षा नदिएका ४ सय ७१ जना, प्रयोगात्मक नदिएका २६ जना, उत्तरपुस्तिका रद्द ३१ जनाको र परीक्षा नदिएका २४ सय २ जना रहेको पनि कार्यालयले जनाएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...