नेविसङ्घका पूर्व महामन्त्री भुर्तेलको निधन

  • काठमाडौँ । 

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको नेविसङ्घ अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् । 

अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहेका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको महरले जानकारी दिए। 

भुर्तेलको निधनले नेपाल विद्यार्थी सङ्घ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताए ।

२०७४ जेठ १८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...