एकायन कराते संघको प्रथम बार्षिक सभा सम्पन्न, अध्यक्षमा श्री कृष्ण डंगोल

  • काठमाडौँ ।
नेपाल एकायन कराते संघले सोमबार प्रथम बार्षिक सभा सम्पन्न गरेको छ । 

राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्ति र स्वस्थ्य जनशक्तिका लागि खेलकुद भन्ने मुलनाराका साथ काठमाडौँको खुसिबूमा आयोजना गरिएको थियो ।

सभाले १७  सदस्यीय निर्बिरोध कार्य समिति चयन गरेकाे छ । जस अनुसार अध्यक्षमा श्री कृष्ण डंगोल ,उपाध्यक्षमा श्याम कृष्ण श्रेष्ठ अर्का उपध्यक्षमा खिल बहादुर खनाल ,महासचिवमा संजय मुल्मी , सचिवमा बुद्ध शरण शाही ,कोषाध्येक्षमा रिता श्रेष्ठ र सदस्यहरुमा क्रमस धर्मेन्द्र महर्जन ,मिना प्रजापति ,कृष्ण गोपाल शाही ,बिरेन्द्र कुमार श्रेष्ठ ,प्रचीन श्रेष्ठ ,राजेन्द्र शाक्य ,भगत बहादुर ब्लोन ,युवराज तामांग ,वासुदेव खत्री ,पूर्ण लक्ष्मी शाक्य रहेका छन् । 

बि स २०७२ मा स्थापित एकायन कराते संघका देशभरी विभिन्न राष्ट्रिय स्तरका खेल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...