आफैले बनाएको नयाँशक्ति यसकारण छोड्दै छन् बाबुराम

  • काठमाडौँ । 
नयाँ शक्ति नेपाल पार्टी विघटनको डिलमा पुगेको छ । दोस्रो चरणको चुनावको मत परिणाम सार्वजनिक भइरहेको बेला संयोजक बाबुराम भट्टराईले जिम्मेवारी छोड्न चर्चा सुरु भएको छ । 

नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले बाबुरामले संयोजक छोड्न लागेको पुष्टि गरेका छन् । उनले एक अनलाइनसँगको कुराकानीको क्रममा भट्टराईले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न चाहेको बताए । तर, उनले यो छलफल पार्टीभित्र अलि पहिलेबाटै सुरु भएको दाबी गरे ।

माओवादी मूल्य मान्तयताको राजनीति कोर्ष पूरा भएको भन्दै गैरकम्युनिस्ट व्यक्तिलाई समेट्दै डा. भट्टराईले नयाँ पार्टी गठन गरेका थिए । आर्थिक क्रान्तिको नारा दिएर गठन भएको नयाँ शक्तिलाई दोस्रो चरणको चुनावसम्म आउँदा मतदाताले अस्वीकार गर्दा विघटनको डिलमा पुगेको हो ।

नयाँ शक्तिका संगठन विभाग प्रखुम समेत रहेका नेता पौडेलले परिवर्तनकारी शक्तिहरुबीच मोर्चा बनाएर अगाडि बढ्नु धारणा राखे । उनले पूर्व नेता प्रचण्ड र वैद्यका साथै उपेन्द्र यादव समेत एउटै मोर्चामा आउनु पर्ने धारणा राखे ।

प्रचण्डले गद्दारी गरेको भन्दै कम्युनिस्ट विचार र मान्यता नै परित्याग गरेका नयाँ शक्तिका नेताहरुले फेरि माओवादी नेताहरुसँग मिल्नुपर्छ भन्नुले नयाँ शक्ति विघटनको दिशामा अगाडि बढेको पुष्टि हुन्छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...