एकाबिहानै कम्युनिष्ट पार्टीका २ केन्द्रीय नेतासहित आधा दर्जन गिरफ्तार

  • राजीव चन्द, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका २ केन्द्रीय सदस्यसहित आधा दर्जन नेता कार्यकर्ता एकाविहानै काठमाडौंबाट गिरफ्तार परेका छन् । 

कम्युनिष्ट पार्टीका पाका केन्द्रीय नेता मकर गुरुङ, अनिल शर्मासहित नेपाल जनगणतान्त्रिक सम्पर्क मंचका अध्यक्ष रत्न मगर, झनक श्रेष्ठ, भीमबहादुर खड्का, हरि श्रेष्ठ, शुसिल बलम्पाकीलाई बुधबार प्रकाशित हुने रातो खबर साप्ताहिकको कार्यालयबाट पक्राउ गरिएको हो ।

अनिल शर्मा लगायतको टीम बुधबार प्रकाशित हुने रातो खबर पत्रिका सेटिङ्गका निम्ति एका बिहानै कार्यालय पुगेको बेला बिना कारण प्रहरीले पक्राउ गरेको झनक श्रेष्ठले इमान्दार मिडियालाई बताए।

त्यस्तै काठमाडौँको नैकापबाट दिपक बानिया र बिकाश लामालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले नेपाल बन्द गराएको आरोपमा प्रकाउ गरेको हो ।

स्थानीय निर्वाचन अघि नै पक्राउ गरी हिरासतमा राखिएका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै आज (मंगलबार) नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेको छ।

बन्दको प्रभाव बिहानैबाट देखिएको छ । बिहानी सेवाका विद्यालय, कलेजहरु बन्द छन् भने यातयात पनि ठप्प छ ।
२०७४ असार २७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...