काठमाडौंका मेयर विद्यासुन्दरको यस्तो बेइमानी, जनताले विरोध गर्दागर्दै पनि किनेरै छाडे मोवाइल (प्रमाणसहित)

  • काठमाडौँ । 
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पदभार ग्रहण गरेको सुरुमै आफूसहित सबै वडा अध्यक्षलाई राम्रो मोवाइल किन्ने निर्णय गरे । उनको धुँलो, हिलो, महंगी, कालोबजारीबाट हैरानी भएका काठमाडौँबासीको भन्दा आफ्नो महंगो मोबाइल बोक्ने रहर पूरा गर्ने लागेको भन्दै चौतर्फी विरोध भयो ।

मेयर शाक्यले आफू र उपमेयरको लागि मोवाइल फोन खरिदको मूल्य तोकिएको थिएन तर वडा अध्यक्षलाई ३० को मोवाइल सेट खरिद गर्ने निर्णय गरेका थिए । उनको निर्णयले मेयर र उपमेयरले जस्तोसुकै महंगो मोवाइल खरिद गर्न पाउने भन्ने थियो ।

चौतर्फी विरोधपछि मेयर शाक्यले विज्ञप्ति निकालेर निर्णय कार्यान्वयन नगर्ने प्रतिवद्धता जाहेर गरेका थिए । तर, उक्त निर्णय भोलीपल्टै कार्यान्वयन गरेको भेटिएको छ । मिति २०७४ असार ७ गते नै महानगरले मोवाइल सेट खरिद गर्ने निर्णयको लागि रकम निकासा गरेको छ । यो २५ नम्बर निकासा दिएको हो । शिर्षक नं.१४०१०० मा ३० हजार निकासा गरिएको छ ।

मेयर शाक्यको प्रस्तावमा मोवाइल खरिद गर्ने निर्णय ६ गतेको वोर्ड बैठकले गरेको थियो ।

हेर्नुहोस् प्रमाण

,

प्रतिकृया दिनुहोस्

Loading...