एमालेका मेयरको मोवाईल किन्ने सपना अधुरै, काँग्रेस मेयरलाई जाग्यो हतियार किन्ने रहर…

  • काठमाडौं । 
काठमाडौं महानगरपालिकामा एमालेतर्फबाट विजयी मेयरले स्मार्ट फोन किन्ने निर्णय गर्दा व्यापक असन्तुष्टिसहित फिर्ता भएको चर्चा सेलाउन नपाउँदै छिमेकी ललितपुर महानगरपालिकामा कांग्रेसतर्फबाट विजयी चिरिबाबु महर्जनको अनौठो प्रस्ताव गर्भमै बिस्फोटको संघारमा छ ।

आइतबारको बोर्ड बैठकमा मेयर महर्जनले हतियार किन्ने पस्ताव राखेपछि एमालेतर्फका वडाध्यक्ष श्रीगोपाल महर्जन, सुदर्शन मिश्र र दिनेश काकीृलगायतले चर्को आलोचना गरेका छन् । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रस्ताव औपचारिक रुपमा आउनुपर्ने र निर्णय पनि पारदर्शी हुनुपर्ने भन्दै हतियार खरिदको औचित्य पुष्टि गर्न चुनौतीसहित एमाले कार्यपालिका सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

प्रस्तावित १५ बुँदामा छलफल हुँदा केही विवादास्पद विषय आएको भन्दै एमालेले विरोध जनाएपछि मेयर निर्णयबाट पछि हट्दै ३ नं. वडाध्यक्ष श्रीगोपाल महर्जनसमेतको समिति बनाएर संशोधनको काम थालिएको बुझिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...