बुटवल उपमहानगरबाट आयो यस्तो खबर

  • वुटवल । 
वुटवल उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम आएको छ । जारी मतगणनामा मेयर पदमा एमाले र काँग्रेसबीच कडा टक्कर देखिएको छ ।

मेयरमा नेकपा एमालेले ५५ सय ९७ मत पाएको छ भने काँग्रेसले ५४ सय २४ मत पाएको छ । यसैगरी, उपमेयरमा एमालेले ६१ सय २० मत ल्याउदाँ माओवादीले ३९ सय २३ मत ल्याएको छ । 

बुटवलमा  काँग्रेस र माओवादीको गठबन्धनसँग एमालेकाे टक्कर चलिरहेकाे छ । अहिले वडा नम्बर ६ को मतगणना भइरहेको छ । वडा नम्बर ६ मा १ हजार मत गणना भइसकेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...