कसमस कलेजमा वार्षिक कार्यक्रम सम्पन्न

  • पोखरा ।
पोखरा पालिखेचोकमा रहेको कसमस इन्टरनेशनल कलेजले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत विविध कार्यक्रम हरु सम्पन्न गरेको छ । 

क्याव्रिज विश्वविद्यालय अन्र्तगत ए लेभेलको अध्ययन–अध्यापन हुने उक्त कलेजमा कक्षा १२ मा पढने विद्यार्थीहरुको विदाई तथा कक्षा ११ का नव आगुन्तुक विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा कलेजमा आयोजित शैक्षिक वर्ष अन्तगत आयोजित विविध खेलकुद तथा अतिरिक्त कृयाकलापमा विजेता विद्यार्थीहरुलाई पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.विश्वराज अधिकारीले पुरुस्कार वितरण गरेका थिए ।

कसमस कलेजका कार्यकारी निर्देशक तेज गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक संयोजक भरत गुरुङ्ग, शिक्षक डा. तरुनकान्त झा, विद्यार्थीहरु आकाश गुरुङ्ग, युक्ति गुरुङ्ग,सुरुची थापा लगाएतले कलेजको वहुआमयिक अवस्थाका वारेमा चर्चा गरेका थिए । 

सो अवसरमा कलेजका विद्यार्थीहरुले विविध सांस्कुतिक कार्यक्रम प्रस्तुत गरेका थिए । हाल उक्त कलेज कसमस कलेज द्वारा संचालित छ । 

२०७४ साउन ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...