गृहजिल्लामा कांग्रेसको हालत खराब भएपछि खुमबहादुरको निद्रा हराम ! देउवा फायर..

  • दाङ  ।

गृहजिल्ला दाङमा कांग्रेस कमजोर देखिएपछि कांग्रेस नेता खुमबहादुर खड्का अहिले तनावग्रस्त छन् ।

त्यतिमात्र होइन जिल्ला र केन्द्र बृत्तमा पनि त्यसको चर्चा सुरु भएको छ । दोस्रो संविधानसभा चुनावमा दाङका पाँच वटै क्षेत्रमा जित हात पारेको कांग्रेस स्थानीय तहमा कमजोर देखिएपछि त्यसको दोष खड्कामाथि थुपारिएको छ । खड्काले उम्मेदवार बनाउन सिफारिस गरेकाहरुलाई नै केन्द्रले टिकट दिएपनि २ उपमहानगर, १ नगरपालिका र ७ गाउँपालिका रहेको दाङमा कांग्रेसको अवस्था त्यति राम्रो छैन ।

लमही नगरपालिकामा कांग्रेस अगाडि रहे तापनि खुमबहादुरकै भतिजाले बागी उम्मेदवारी दिएर कांग्रेसको भोट काटिरहेका छन् र एमालेले कांग्रेसलाई पछ्यारहेको छ । दाङको १० तहमध्येक कांग्रेस–एमालेले दुई–दुई र माओवादीले एक तहमा जित निकालेका छन् ।

तुलसिपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरी र घोराही उपमहानगरपालिकाका मेयर उम्मेदवार भूपबहादुर डाँगी खड्काका निकै निकट व्यक्ति हुन् । त्यसैले खड्काले उनीहरुको नाम प्राथमिकताका साथ सिफारिस गरेका थिए । तर, परिणाम सोचेभन्दा उल्टो आएपछि सभापति शेरबहादुर देउवा खड्कादेखि रुष्ट रहेको कांग्रेस स्रोत बताउँछ ।

अर्कोतर्फ सांसद एवं पूर्वमन्त्री दीपक गिरी पनि दाङकै हुन् । स्थानीय तहको निर्वाचनमा दाङमा खड्कासँग उनको निकै टक्कर थियो । गिरीले आफ्ना मान्छेलाई उम्मेदवार बनाउन माथिल्लो तहसम्म राम्रै लबिङ गरेका थिए । यसले जिल्लामा कांग्रेसभित्र विवादसमेत निम्त्याएको थियो । 

भ्रष्टाचार मुद्धामा जेल परेर आफ्नो छबी बिगारेका देउवा दाङमा पहिलेभन्दा पक्कै पनि कमजोर भएका थिए । यस्तामो चुनावको नतिजाले दाङमा अब गिरीले खड्काको ठाउँ ओगट्ने सम्भावना बढेको समेत चर्चा सुरु भएको छ । यसमा एक पक्ष खुसी नै रहेको स्रोत बताउँछ । खड्का भने मतपरिणामका कारण अहिले निकै तनाबमा छन्  ।

,

प्रतिकृया दिनुहोस्

Loading...