कास्की-लमजुङ जोड्ने पुल भाँचिदा बस रुदीखोलामा खस्यो, एक वेपत्ता,९ जना घाइते

  • लमजुङ ।
लमजुङको मध्यनेपाल नगरपालिका ८मा पर्ने कास्की र लमजुङ जोड्ने मोटरेवल पुल भाँचिएर यात्रुबस खोलामा खस्दा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

पोखराबाट कास्कीको बिलुवावेसी जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको यात्रुबस लमजुङको सीमाक्षेत्र रुदी खोलाको पुल तर्ने क्रममा पुल भाँचिएपछि खोलामा खसेको हो ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको गण्डकी मेडिकल कलेज पोखरा र रामबजारको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

दुर्घटनामा एक जना पुरुषलाई खोलाले बगाएर बेपत्ता बनाएको लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले प्रहरीलाई उदृत गर्दै जानकारी दिए । त्यस्तै दुर्घटनाग्रस्त बसभित्र दुई जना च्यापिएको उनले जानकारी दिए । 

,

प्रतिकृया दिनुहोस्

Loading...