तिम्रो स्वास्नी र कुवेतमा मौलाएको मेरो प्रेम...

  • सुजन अभागि ।
सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एकदिन सांस्कृतिक कार्यक्रममा तिम्रो स्वास्नीसँग भेट भएको थियो । त्यसदिन मैले सोचेको थिए, एउटा चौविस पचिस वर्षकि युवति, पक्कै पनि कसैको स्वास्नी भैसकेको छैन होला । मंचमा प्रस्तुत हुन अगाबै कुवेतको उत्कृस्ट कलाकारको रुपमा मिडियामा नाम दर्ता भैसकेकी केटी, जसको प्रत्यक्ष कुराकानि हुनु भन्दा अगाडि नै म उसको जबरजस्त फ्यान थिएँ । 

जावानिको रङमा मस्त देखिने आकर्षक शरीर, लज्जालु बोलि, नसालु आखाँ हेर्दै माया गरूँगरूँ लाग्ने अनुहार, मुसुक्क मुस्काउदा मात्रै फरफराउने ओठ, ठ्याक्कै उसको सुन्दरतासँग मिल्दो जुल्दो सुन्दर प्रस्तुति लाग्यो । म त त्यो दिनको उसको पहिलो हेराइमै घायल भैसकेको थिएँ । अब उपचार उसैबाट मात्र सम्भव थियो । जब त्यसदिन कार्यक्रम सकियो,

मैले भनेँ- ‘म तपाईंसँग फोटो खिच्छु है । लज्जालु स्वाभाब देखाउदै स्विकारिन !

उसलाई नछोइकनै उभिएँ म । मेरो क्यामरा अरूले क्लिक गर्दियो । उनिले मेरो मुहारमा हेरिन !

उनिका ति आखाँ सारै नशालु आहा !! कर्के हेराईले मार् यो मलाई । ओठ को त के कुरा भो र दन्ते मोहनीले मार् यो मलाई ॥

वक्षस्थल त झनै बैशालु वाह !! नशा-नशामा चढ्यो जवानी । नितम्बको कुरै छाडौ मृग नयनी चालले घाईते पार् यो मलाई

म दङ्ग थिएँ । कुरा कहाँबाट सुरू गर्ने आपत्तिको विषय थियो । मलाई तपाईंको प्रस्तुति असाध्यै मन पर्यो । भिडोयो खिचेर राखेको छु । त्यो बेला तिम्रो स्वास्नी मेरो कुरा सुनेर जरूरीभन्दा बढी मख्ख पर्दै भनेको थिईन ओ रियल्ली ?

तपाई पनि कलाकार हो ?

नेपाली पोषाकमा ठाटिएको देखेर होला !

म त हैन । नाच्न गाउन आउँदैन । तपाइर्हरू नाचेको गायको हेर्न सुन्न सौखिन छु म ।’

मज्जाले हाँसिन उनि। मेरो आँखामा आँखा जुधाएर सोधिन, ‘तपाईको हबि ? ‘

मेरो हबि भनेको, मलाई मन परेको मान्छे भेट्नु हो ।

बिशेष गरि कलाकार ! उनिसँग नजिक हुनु थियो मलाई ।

आज मनपर्ने कसलाई भेट्नु भयो त ?’

तपाईंलाई ।

तपाइको नृत्यको चर्चा मिडियामा पढेदेखि नै तपाईंलाई भेट्ने रहर जागिरहेको थियो ।

अझ तपाईं त यस्तो टेयालेन्ट एन्ड बिउटिफुल हुनुहोला भन्ने लागेको थिएन ।

उनि फेरि हाँसिन ।

साँच्चै हो र ?

शङ्का ब्यक्त गरिन उनले । शङ्कालु त आइमाई मान्छे हुन्छननै ।

‘हो नि ।

आज भगवान् भेटेझैँ भएको छ मलाई । मैले थपे

मान्छेलाई मान्छेकै रूपमा स्वीकार्नु राम्रो होला कि….। उनको प्रति उत्तर आयो

हामी त्यो दिन छोटो कुराकानी पछि नै छुट्टियौ । तिम्री स्वास्नीलाई टाढा पुग्नु थियो । कार्यक्रम स्थलको देखि टाडा मानिने ठाँउमा जानुपर्न रहेछ । म भने त्यही नजिकै बस्थे। कुनै हतार थिएन मेरो घर नजिकै थियो । तिम्री स्वास्नी सबैसँग बिदा लिएर गईन त्यो बेला मतिर हेर्दा पनि नहेरी बाटो लागिन ।

त्यति बेलासम्म फोन नम्बर साटासाट भईसकेको थियो ।

त्यो दिन त्यो कुराले मलाई रिस उठिरहेको थियो । दुई दिनसम्म फोन गरेन । पछि एसएमएस गरें । त्यो दिन खिचेको फोटो उनिल ईमेल गर्दिनु भनेकि थिईन । यता मेरो क्यामेरा बिगि्रएर सबै फोटोहरू डिलिट भएछ ।

‘सरी, क्यामरा बिगि्रयो । फोटो पठाउन सकिनँ । मैले एसएमएस गरे !

तिम्रो स्वास्नीको उत्तर आयो – नो प्रोब्लम तिम्लाई कस्तो छ ? यतिखेर म तिमीलाई नै सम्झदै थिएँ ।

उसको एसएमएसले म त दङ्गदास बनेँ ।

त्यो दसैँको बेला थियो । म दशै मनाउन घर गएको थिएँ । विगत १० वर्षदेखि कुवेतमा बस्दै आएको छु । तिम्रि स्वास्नी सिटि देखि अलि टाडा बस्थिन । उनिले राम्रो कलाकारिता देखाएर कुवेत भर चर्चित बनेकी थिईन । तिम्रो स्वास्नि बियुटिसियन पनि रहेछन । होइन त ?

म दशै सकेर कुवेत आएँ । नियमित काममा लागे । शुक्रबार अथवा कुनै विदाको दिनमा म साँस्कृतिक माहोलमा रम्थेँ । यसो गर्न मेरो मन र विवेकले अह्राउथ्यो । त्यस्तै, एकदिन म रियसल हेर्न जिलिब गएको थिएँ । त्यो बेला उनिलाई देखेर चिच्याएँ म त…..। वरिपरिका मान्छेहरू पनि ट्वाल्ल परेर हेर्‍याहेर्‍यै भए हामीलाई । तिम्रो स्वास्नी पनि अलि अप्ठ्यारो मान्दै थीईन क्यारे ।

तपाईं कसरी याहा?’

म आजकल यतै बस्छु । कसैले सुन्ने हुनकी भनि सुस्तेरि भने ।

मलाई किन खबर गर्नु भएन त ?

यसैगरी यही भेट हुन्छ भन्ने थाहा भएर ।

मौका मिलेको बेला चौका लगाउनै पर्ने मेरो बानि

अनि भने आज खोज्दै आएको त हो नि !

हामी दुबै मज्जाले हाँस्यौ । त्यो दिन त्यतिमै सीमित रहेन । उनिले कोठा पुगेर फोन गरिन । घर छोडेर एक्लै कोठामा बसेको पहिलोपहिलो अनुभव सुनाए अनि उनिले पनि नारि भएर प्रदेशमा बिताएका दिनहरु सुनाउँदै थिईन । मलाई यही बेलादेखि उसको माया लाग्न सुरू गरेको थियो क्यारे ।

कुरा गर्दे फेरि उनिले सोधिन

को छ कोठामा साथि ?

को हुनु याता हेर्दा रित्तो उता हेर्दा भित्तो !

एक्लै केटामान्छे, खाना बनाउनु भाँडा माँझ्न अल्छी लाग्दैन ।

लागेर के गर्नु त अब ?

म आइदिऊँ त ?

आउँछ्यौँ ? आऊ न त ।

काम गरे बापत तलब कति दिनुहुन्छ त ?

कति चाहियो ?

सय किसेस …घण्टाको ।

मलाई लाज लाग्यो । यहीँ मेरो कोठामा आएर उनिले चुम्बन गरेको आभास भयो । एउटा मीठो नरम अनुभूति ।

भो त्यसो भएँ आउँदिन । उनिले भनिन

सुन्छ्यौ ! तिम्रो स्वानी त म भन्दा अगाडि पो निस्किन । मलाई पो उनि मन परेकि थिईन त….,उल्टो उनिले नै पो मलाई . किस माग्न थालिन..हाँसो पनि लाग्यो । पत्यार पनि लागेन ।

पत्याएनौ ? आई एम रियल्ली फल इन लब विथ यु हिरो !

होइन होला । शङ्का व्यक्त गरेँ मैले ।

पहिलो पटक तिमीलाई देख्ने बित्तिकै, यति राम्रो स्मार्ट हे्डसम केटा को होला भनेर तिमीमै मेरो सारा ध्यान थियो । तिमि अगाडि मन्चमा बसुन्जेल तिमीलाई नै हेरिरहेकी थिए म । तिमीलाई नै सोच्दै थिएँ म …..। उनिले मन खोलिन !

यो एसएमएस चाहिँ मैले दोहोर्‍याएर पढेको थिएँ । छक्क परें । रमाइलो पनि लाग्यो । मैले पनि त्यो बेला अगाडि बसेर उसैलाई हेरिरहेको थिएँ । अझ मञ्चमै उसको फोटो लिन गएको थिएँ म ।

त्यस्तै सुरूको एक रात उसले फोन गर्दा ४ घण्टा १५ मिनेट ८ सेकेन्ड कुरा भएको थियो । तिमी अनुमान पनि लगाउन सक्दिनौ घण्टौँ के गफ गर्‍यौं हामीले भनेर ।

भोलिपल्ट बिहान तिम्रो स्वास्नीको एसएमएस आँखा मिच्दै पढे ।

हाइ, स्वीटहार्ट, आर यु अल राइट?

मौका यहिहो भन्ठानि जवाफ लेखे म पहिले पो बिसन्चो थिएँ क्यारे तिमिसँग कुरा गरे पछि बल्ल पो सन्चो भएँ ।

सुन्यौ, अब कुरै कुरामै हामीबीच कुनै दूरी बाँकी थिएन । मैले पनि उसलाई प्रेम गरेको इजहार गर्दिसकेको थिएँ ।

उनि भन्थिन, प्रेम भनेको मनसँग छुट्याएर गर्ने होइन । शरीर र मनसँगै हुन्छन् । मलाई पनि उसको कुरा होजस्तै लाग्यो । भावना र भौतिक भनेर बेकार मायालाई अलग्याइरहन्छु म पनि……….। 

तिम्रो स्वास्नीले भनेजस्तै मन र शरीर एउटै त हो नि भन्ने पक्षमा गएँ म पनि । खै के हो ? के भो ? तिम्रो स्वास्नी जे बोल्थिन त्यहीले चित्त बुझ्छ । त्यही कुरा होझैँ लाग्छ । अरू सब झुठ । आफ्नै मान्यता र सिद्धान्त पनि बेकामका ठहरिएका थिएँ । तिम्रो प्रेम प्रिय श्रिमतिका अगाडि ।

अब त आधा रातमा ब्यूँझिएर पनि उसैलाई सम्झन थालेको थिएँ । तिम्रि स्वास्नी मेरो धड्कनको नशा बनेकि थिईन ।

केहि दिनको लागि उनि घर फर्किन । मलाई कुवेत नै शून्य लागेर आयो । उनिको रिक्तत्तामा धरै पहिला उनिले दिएको डायरि झिकेर पल्टाउन थाले । थाहा छ तिमीलाई ? जब त्यो डायरिको पहिलो पाना पढे म त छाङ्गाबाट खसेसरि भएँ । उनि त तिम्रो स्वास्नी भैसकेको रहेछन । अझ विवाहको साक्षी तिमीहरूको ४ वर्षकी छोरीसमेत रहिछन । उफ छटपटी भो । असाध्यै रीस उठ्यो । तत्काल तिम्रो स्वास्नीलाई फोन गरेँ ।

वए साले! किन भनिन यी सब कुराहरू ?’-तिम्रो स्वानीलाई त भन्ने भैसकेकी थिएँ म । मायाले !

के कुरा ? के भन्या !

तिम्रो त छोरीसमेत भैसकेको रहेछ ।

मेरो कुराले उसलाई कुनै आश्चर्यमा ल्याएन । शान्तसँग भनिन

छे त छोरी, के तिमीलाई थाहा थिएन र ?

कहिल्यै सुनाउने कष्ट गर्‍यौ र ? नभनी कसरी थाहा हुनु नि !

अहिले कसरी थाहा पायौं ?’

तिम्रो डायरि मै रै’छ नि त ।’

हो त । मैले मेरो डायरिमै लेखेको कुरा तिमीलाई थाहै होला नि भनेर, भन्न जरूरी ठानिनँ ।

हुन पनि हो । तिम्रो स्वास्नीको के दोष ? उसले त तिम्रो बारेमा सार्वजनिक गरेकै रहेछ, मैले पढेन त के गर्नु ..?

त्यसपछि तिम्रो स्वास्नीको माया भित्रैदेखि मार्नु पर्ने हो मैले तर त्यसो भएन । झन् झाङ्गियो हाम्रो अबैध प्रेम…….।
उसले मलाई तिमीलाई भन्दा बढी प्रेम गरेको ठान्थेँ म । तिम्रो स्वास्नी भन्थिन पनि बारम्बार-म पहिलो महिला होइन जसले घरमा लोग्ने भएर पनि अर्कीसँग प्रेम गर्छ । हो त, म पनि पहिलो युवक थिइनँ जो पहिलो पटक अरूको स्वास्नी सँग प्रेम गर्थे । हामी भेट्थ्यौ । 

सार्वजनिक ठाउँमा तिम्रो स्वास्नीलई मेरो प्रतिष्ठाको सवाल उठ्थ्यो त्यसैले निजी ठाउँ, साँघुरो ठाउँहरूमा भेट्थ्यौ हामी । भेट्नभन्दा बढी फोनमा कुरा गथ्यौँ । उनिले अफशोच व्यक्त गर्थिन हाम्रो भेट ढिलो भयो भनेर । उसको कुरामा म मैनझै पग्लिएको थिए । हामीले केहि पहल समुन्द्रि किनारामा बिताएका पनि थियौँ । त्यसपछि झन् तिम्रो स्वास्नी संसारको पि्रय प्रेमीका बनिन मेरोलागि ।

समय बित्दै गयो उनिको लोग्ने पनि कुवेत आई सकेका रहेछन । एक दिन उनि संग एक साथिको जन्म दिनको पाटिमा भेटने कुरा थियो। मैले उसका लागि केहि सामान किनेको थिएँ । त्यो किनिरहँदा मलाई अनौठो खालको आनन्द लागेको थियो । यही आनन्द, यही खुसी अन्तिम रहेछ तिम्रो स्वास्नी सँगको ।

तिमीसँग त्यहाँ भेट भयो सँगै पढेको सँगै खेलेको बाल्यकालको मित्र सँग धेरै अन्तराल पछि भेट हुदा । म उत्साहित थिए मेरो मन उमंगित थियो मेरा आखाँले मेरि प्रेमिला लाई निहालि रहेका थिए । उनि आईन । हाँस्दै आईन तर मेरि प्रेमिका होईन तिमि र मेरो सामु तिम्रो स्वास्नी बनेर आईन । म मोरेतुल्य भए तिमिले मेरो लागि काहिलिलाग्दो मृत्यु लिएर आयौ । मैले केहि देखेन आखाँ बन्द गरेर दाँत देखाई राखे । तिम्रो पनि मिठो सम्बन्ध रहेछ उनिसँग ।

त्यो तिमी स्वयं पनि जान्देनौ होला …,मैले किनेको केही सामान पनि लगिनन् उनले । मलाई पहिलो पल्ट असाध्यै नराम्रो लाग्यो । अर्काको स्वानीलाई माया गर्नु निरर्थक लाग्यो । कस्तो प्यारसँग किनेको थिएँ । फगत तिम्रो कारणले …। तिमीले शङ्का गर्छौ भन्ने भयले…। तिम्रो मन दुख्ला भन्ने कत्रो होसियारी जतन ? मेरो दिलको हालत तिम्रो स्वानी लाई के मतलब ?

तिम्रो स्वास्नीलाई प्रेम गर्दाको सजाय भोगे मैले । कोठामा आएर धेरैबेर रोएँ । आँशुले नै तिम्रो स्वानीसँग भएका कुराहरू, बिताएका पलहरू धोइदिएँ । केही घण्टापछि नै मन हलुका भो । चयनसँग सास फेरे । यो हाम्रो सम्बन्ध कुनै गन्तव्यमा पुग्नु थिएन, न त एक-अर्कोलाई प्राप्त गर्नु थियो । बस्, हामी प्रेम गथ्र्यौं । प्रेम गथ्र्यौ भन्ने भम्रमा रहिँछु म । अब त त्यो पनि बाँकी रहेन । अचम्म, अचम्मको प्रेम मै माथि हुनुपर्ने ? कहिले मान्छेको रूपरङ्ग मन परेर त्यसैमा दिल खस्छ, कहिले कलााकारितामा कहिल कसैको कुरा मन परेर त्यही सँग दिल बस्छ । कहिले ……,

साँच्चै त्यो बेला पनि तिम्रो स्वानीसँग मेरो प्रेम बसेकै थियो । अब छैन ।

अव मलाई थाहा भयो तिम्रिस्वास्नी कसैकि श्रिमति हुन कसैकि बुहारि हुन भन्ने कुरा ——- बि हेप्पि !

श्रोत : सामाजिक सञ्जाल

प्रतिकृया दिनुहोस्

Loading...