झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा राप्रपा बाबुराजा बिजयी

  • झापा । 
झापाको गौरीगञ्ज गाउँपालिकामा राप्रपा बिजयी भएको छ । गाउँपालिकामा अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी भएका हुन् । 

उनी ३ हजार ७ सय ४० मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका फूलवती राजवंशीले ३ हजार ४ सय ५३ मत प्राप्त गरिन् ।

उपप्रमुखमा भने कांग्रेसका दिपेन्द्र थापा विजयी भए । उनले ३ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी एमालेकी उम्मेदवार मोनिका राईले २ हजार ८ सय १७ मत ल्याएका छन् ।

योसँगै झापामा राप्रपाले ३ स्थानीय तहमा जित जित हात पारेको छ । यसअघि राप्रपाले जिल्लाको हल्दिबारी र कचनकबल गाउँपालिकामा जितिसकेको छ । 

तस्बिर अनलाइन खबर

२०७४ असार २१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...