दुईसय २४ स्थानीय तहको मतपरिणाम घोषणा, बिहान ८ बजेसम्मको ताजा अपडेट

  • काठमाडौँ । 

दोस्रो चरणको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा यही असार १४ गते भएको स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउनेक्रम जारी रहेको छ । 

निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार आज बिहान ७ बजेसम्ममा २२४ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ । 

केन्द्रका अनुसार १ नम्बर प्रदेशको ९०, ५ नम्बर प्रदेशको ६३ र ७ नम्बर प्रदेशको ७१ स्थानीय तहको अन्तिम मतपरिणाम प्राप्त भएको छ । 

बाँकी स्थानीय तहको मतगणना शान्तिपूर्ण रुपमा भइरहेको छ । तीन सय ३४ स्थानीय तहका लागि असार १४ गते भएको निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मतदाता सहभागी भएका थिए । 

सो निर्वाचनमा ७३.६९३ प्रतिशत मत खसेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...