विद्यार्थी कारवाहीले निम्त्याएको एउटा भयानक मृत्यू प्रकरण, घटना अझै रहस्यमय !


पर्वत । 

कुस्मा नगरपालिका १ पाङ घर भई कुश्मा नगरपालिका ९ कटुवा चौपारी स्थित आईबल एकेडेमी बोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको शब परिक्षण पछि परिवारलाई बुझाउने तयारी भईरहेको छ । 

बेवारिसे रुपमा कालीगण्डकी नदी किनारमा भेटिएको शव बेपत्ता शिक्षक नारायण पौडेलको भएको प्रहरीले पुष्टि गरेको छ ।

डिएनए परीक्षणमा शव बेपत्ता शिक्षककै भएको पुष्टि भएको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए । “शवसँग पौडेलका बाबु, आमाको रगत पठाएका थियौँ, डिएनए परीक्षणमा मिलेको रिपोर्ट प्राप्त भएको छ”, उनले भने ।

कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल गत जेठ २५ देखि बेपत्ता थिए । दुई सातापछि बागलुङको जैमिनी नगरपालिकाअन्तर्गत कालीगण्डकी किनारमा उनको शव भेटिएको थियो । शव पौडेलकै भए/नभएका विषयमा पुष्टि गर्न प्रहरीले डिएनए परीक्षणका लागि राजधानी पठाएको थियो । 

शवको अवस्था हेर्दा घाँटीमा गहिरो चोट लागेको थियो भने पानीका कारण फुलेको शरिरका अधिकांस ठाउँमा पोलेको जस्तो राता काला धव्बा रहेका थिए । २० वर्षिय शिक्षक पौडेलले घटना मितिसम्ममा २२ दिन मात्रै पढाएका थिए । कक्षा परिक्षामा अनुत्तीर्ण भएपछि एक जना विद्यार्थीलाई हातमा लठ्ठीले हिर्काएको र १ विद्यार्थीलार्ई ५ सय पटक उठबस बनाएको भन्दै अभिभावकले शिक्षकमाथि कारवाहीको माग गरेका थिए ।


अभिभावकले कारवाही गर्न आग्रह गरेपछि शिक्षक पौडेललाई विद्यालय प्रशासनले अवदेखि पढाउन नआउनु भनि बिदा गरेको प्रिन्सीपल बिमल पौडेलले बताएका छन् । २४ गते बुधवार विद्यालयमा विद्यार्थीलाई कारवाही भएको थियो । विद्यार्थी पिटेको घटना अभिभावकहरुले थाहा पाएपछि कारवाहीको माग गरेको विद्यालय प्रशासनल बताएको छ । 

२५ गते अभिभावकहरुसँग विद्यालयमै बसेर छलफल गर्ने गरी विद्यालयले बैठक आयोजना गरेको थियो । बैठक सुरु हुने समयसम्म पनि शिक्षक पौडेल उपस्थित नभएपछि उनलाई विद्यालय प्रशसन र अभिभावकले फोन गरेर छिटो आउन आग्रह गरेको बुझिएको प्रहरीले बताएको छ ।

सोही दिन छलफल गर्ने भनिएपछि शिक्षक पौडेल उपस्थित नभएको बताईएको छ । शिक्षक नारायण पौडेल कुस्मा स्थित शिवालय उच्च माध्यामिक विद्यालयमा १२ कक्षा पढ्ने विद्यार्थी हुन् । उनी मेलमिलाप चोक स्थित डेरा गरि बस्थे । पौडेलको डेरा खानतलासी सबै ओढ्ने ओच्छाउने कपडा प्याक गरिएको थियो र लगाउने कपडाहरु भिजाएर राखिएको अवस्थामा थियो भने भान्सामा पकाउन तयार पारिएको तरकारी समेत भटिएकाे थियाे ।

घटना अझै रहस्यमय छ । पौडेलले साच्चै आत्महत्या गरेका हुन् या उनको हत्या गरिएको हो ? प्रहरीले प्रष्ट भन्न सकेको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...