‘माओवादीलाई जिताएर एमाले हराउने तै हैनस्’ भन्दै कुटेपछि भुजेलको हातखुट्टा भाचियो

  • भोजपुर । 
स्थानीय तह निर्वाचन दोस्रो चरणको मत परिणाम आउने क्रम जारी रहेकै बेला राजनीतिक दलका कार्यकर्ताहरुबीच कुटाकुट सुरु भएको छ । एकले अर्कालाई हराएको भन्दै यस्तो कुटाकुट भएको हो ।

यस्तै नेकपा माओवादी केन्द्रलाई जिताउन सहयोग गरेको भन्दै एमाले कार्यकर्ताले भोजपुरमा एक स्थानीयलाई निर्घात कुटपिट गरेका छन् । 

भोजपुरको रामप्रसादराई गाउँपालिका–१ मा माओवादी केन्द्रका वडाअध्यक्षका उमेदवारलाई सहयोग गरेको भन्दै स्थानीय डम्बर भुजेललाई कुटपिट गरेका हुन्।

गत विहीबार आफ्नै घरमा ५ बर्षका छोरा र ३ बर्षकी छोरीसंगै सुतिरहेको बेला मध्यरातमा उठाएर एमाले कार्यकर्ताले आफूलाई निर्घात कुटपिट गरेको भुजेलको आरोप छ ।

कुटपिटमा एमाले कार्यकर्ताको साथमा माओवादी केन्द्रकै जिल्ला सचिवलय सदस्य पुष्प राई (यावा) को समेत संग्लनता रहेको भुजेलले आरोप लगाए । 

झण्डै १२ जनाको समूहमा आएका एमाले कार्यकर्ताहरुले ‘माओवादीलाई जिताएर एमाले हराउने तै हैनस्’ भन्दै आफूमाथि निर्घात कुटपिट गरेको उनले बताएका छन् ।

कुटपिटबाट दाहिने हात र देव्रे खुट्टा भाँचिएका भुजेललाई उपचारका लागि सदरमुकाम भोजपुर लागिएको भएपनि त्यहा सम्भव नभएपछी थप उपचारकालागि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लागिएको छ ।

२०७४ असार १७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...