दुर्घटनामा परी अलीको घटनास्थलमै मृत्यु



पाल्पा  । 

पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाको हार्थोकबाट तानसेनतर्फ आउँदै गरेको लु २२ प ८५५३ नम्बरको मोटरसाइकल रिब्दीकोट गाउँपालिका–४, बाहुनडाँडामा मंगलबार साँझ दुर्घटना हुँदा ओलीको मृत्यु भएको हो ।

हार्थोक प्रहरी चौकीका अनुसार तीव्रगतिमा गुडेको मोटरसाइकल नियन्त्रणमा लिन नसक्दा सडकदेखि एकसय मिटर तल खसेको छ ।

लीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पामा मोटरसाइकल दुर्घटनामा मृत्यु हुने घटना बढ्न थालेका छन् । 

२०७४ असार २८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...