‘१६ करोडको गाडी किन्ने’ प्रकरणबारे प्रधानमन्त्री देउवाले गरे यस्तो अच्चमको खुलासा...

  • काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले 'राष्ट्रपतिका लागि १६ करोडको गाडी किन्ने' प्रकरणबारे अच्चमको खुलासा गरेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिका लागि १६ करोडको गाडी किन्ने प्रस्ताव नै नआएको बताएका छन् ।  

बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रपति विद्या भण्डारीका लागि १६ करोडको गाडी किन्ने र सिंहदरबारभित्र १० करोड लागतमा फोहर व्यवस्थापन आयोजना बनाउन लागेको बारे जवाफ मागेपछि संसद बैठकमा प्रधानमन्त्री देउवाले भने - 'बाहिर हल्ला चलेजस्तो १६ करोडको गाडी किन्ने प्रस्ताव आएकै छैन तर महंगो गाडीको प्रस्ताव नआएपनि राष्ट्रपतिको पदको गरिमा र सुरक्षाको सही व्यवस्थापन गर्नुपर्ने भएकाले राष्ट्रपतिले चढ्ने गाडी राम्रो र सुरक्षित हुनुपर्छ भन्ने कुरा चाहिँ हो ।' 

प्रधानमन्त्री देउवाले सिंहदरबारभित्र फोहर व्यवस्थापनका लागि त्यस्तो केही बन्न नलागेको पनि स्पष्ट पारेका छन् । यस्तै प्रधानमन्त्री देउवाले साउनको पहिलो हप्ता बाट नै बजेट खर्च गर्न सक्ने गरि व्यवस्था मिलाईएको बताए । 

उनले साउन महिनाको पहिलो साताबाट नै खर्च गर्न सक्ने गरी व्यवस्था मिलाईएकाले आगामी आर्थिक बर्षमा विकास खर्च नभएर फ्रिज हुने अवस्थाको अन्त्य हुने बताए । 'स्थानीय तहमा अर्थमन्त्रालयबाट सोझै बजेट जाने व्यवस्था भएकाले उनीहरुले पनि पहिलो साता देखि नै बजेट खर्च गर्न सक्नेछन् ।' उनले भने ।

देउवाले निर्वाचन आचार संहिता लागु भएको विशिष्ट अवस्थामा बजेट ल्याउनुपर्दा पनि सरकारले स्थानीय तहमा बढी बजेट पठाउने, प्रशासनिक पुर्नसंरचना गर्ने, बाह्य लगानीलाई आकर्षित गर्ने तथा आर्थिक वृद्धिदरलाई सम्बोधन गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेको बताए । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...