पोखरा सस्तो बजारका ब्यवसायी र प्रहरीविच एकाबिहानै झडप

  • पोखरा ।
लखनचोक स्थित पोखरा सस्तो बजारमा ब्यवसाय गर्दै आएका ब्यवसायी र प्रहरीविच बिहिबार विहान झडप भएको छ। 

लखनचोक क्षेत्रको सडक फुटपाथ अतिक्रमण रोक्नका लागी प्रहरी, नगरपालिकाका कर्मचारी तथा शसत्रप्रहरीको टोलीले हटाउन खोज्दा झडप भएको हो । 

झडप हुदा नगरपालिकाका कर्मचारी पुरुष्त्तोम थापा घाईते भएका छन भने ब्यवसायी तर्फ चार जना सामान्य घाईते भएका बताईएको छ । घाईते थापाको गण्डकी मेडिकल क्लेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

पोखराको लखनचोकस्थित नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको ‘सस्तो बजार’ प्रकरणसँगै त्यहाँ रहेका व्यवसायीहरुले बिगत केही दिनदेखि सडक पेटीमा नै व्यवसाय गरिरहेका छन । 

आफ्नो दैनिकी गुजारा त्यहि ब्यवसायबाट चलाउदै आएका ब्यवसायीले सस्तो बजार भित्र रहेको करिव चार लाख बरावरको सामान नष्ट भएको दाबी गरेका छन । विषेश गरि तरकारी फलफुल लगाएतका खाद्यान्न नष्ट भएको जनाइएको छ ।

लामो समयसम्मको प्रकरण सम्बन्धि समस्या समाधान गर्न ब्यवसायीहरुले भने सस्तो बजार सम्बन्धित ब्यक्ति र संघसंस्थाहरुलाईै बुधबार बार्तामा आउन अब्हान गरेका थिए ।

२०७४ साउन १२ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...