अन्ततः विप्लव र वैद्यसँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव...

  • काठमाडौं । 

माओवादी केन्द्रमा फेरि पार्टी एकताको कुरालाई जोडतोडका साथ उठेको छ । चुनावको समिक्षा गर्न काठमाडौंमा बसेको केन्द्रीय सचिवालयको विस्तारित बैठकमा फेरि पार्टी एकताको विषय मुख्य बनेको हो ।

सातओटै प्रदेशका इन्चार्जहरुले चुनावको हारको कारणहरुमध्ये पहिलो पार्टी विभाजन नै भएको रिपोर्टिङ गरेका थिए । उनीहरुले दोस्रोमा अन्तरघातलाई भनेका छन् ।

माओवादीले स्थापित गरेका राजनीतिक एजेण्डा छोड्दा जनताको अाकर्षण पनि घटेको भन्दै नेताहरुले कार्यकारी राष्ट्रपति, जनजिवीकाका विषयमा संघर्षलगायतका एजेण्डालाई पुनः उठाउनु पर्ने नेताहरुले बताएका थिए ।

नेताहरुबीच निकै घोचपेच भएको बैठकमा उठेका प्रश्‍नको जवाफ दिँदै अध्यक्ष प्रचण्ड कार्यकारी राष्ट्रपतिको लागि संघर्ष गर्ने, वैद्य र विप्लवसँग पार्टी एकताको लागि लचिलो भएर पेश हुने, वाइसिएललाई ब्युताउने, चुनावमा अन्तरघात गर्नेलाई कारवाही गर्ने बताएका थिए ।

माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पार्टी एकताको लागि पहल गर्ने निर्णय भएको बताए । क्रान्तिकारी शक्ति एक भएर अगाडि बढ्नु पर्ने भन्दै शर्माले त्यसको लागि क्रान्तिकारी माओवादी र नेकपासँग पार्टी एकतको लागि पहल गर्ने निर्णय गरेको जानकारी दिए ।

‘संघर्ष गर्ने पार्टीभित्र र वाहिर दुबैतिर हो, पार्टी नेतृत्व संसदीय भाषमा जान खोज्यो भने त्यसबाट बचाउन वैद्य र विप्लव कमरेडहरुले संघर्ष गर्नुपर्छ’ नेता शर्माले भने ।


२०७४ साउन ८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...