फाइनल खेल भइरहदा रंगशालामा झडप, ८ जनाको मृत्यु, ४९ जना घाइते

  • काठमाडौं । 
फुटबल रंगशालामा भागदोड मच्चिदा ८ जनाको मृत्यु भएको छ भने अरु कम्तीमा ४९ जना घाइते भएका छन् । भागदौड मच्चिदा रंगशालाको पर्खाल भत्किँदा सो घटना भएको हो ।

अफ्रिकी मुलुक सेनेगलको राजधानी डकारस्थित डेम्बा दियोप रंगशालामा स्टेड डे एम्बोर र युनियन स्पोर्टिभ वाकमबीच लिग कप फुटबलको फाइनल खेल भइरहेको समयमा दुई विपक्षी समूहबीच झडप भएको थियो ।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्दा भागदौड मच्चिदा दर्शकहरु पर्खालमा चढेका थिए ।

भागदौड मच्चिनुपूर्व अतिरिक्त समयमा सकिएको खेल स्टेड डे एम्बोरले २–१ गोलले जितेको थियो । २९७४ साउन १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...