विकास समितिको वैठकमा दुई सचिवले सभापतिकै अगाडि देखाए यस्तो ताण्डव..



काठमाडौं ।

व्यवीथापिका संसदमको विकास समितिको वैठकमा शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवबीच चर्काचर्की परेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

चर्काचर्की परिरहँदा समितिका सभापति रवीन्द्र अभिकारी पटक पटक सम्झाउँदै थिए ।

विकास समितिमा पक्ष प्रतिपक्ष हुँदैन सभापति अधिकारीले यसो भनिरहँदा दुई मन्त्रालयका अधिकारीबीच आरोप प्रत्यारोप चलेको थियो ।

यतिसमम कि स्थानीय विकास सचिव दिनेशकुमार थपलियाले आफूले शिक्षा नजानेको बताएपछि शिक्षा मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद गौतमले आफू संघीयता नजानेको भनेर भनेका थिए ।

दुई सचिववीच चर्काचर्की निकै बेर चलेको थियो ।

आफूभन्दा ‘कनिष्ठ’ कर्मचारी मातहत व्यवस्थापन गर्न खोजिएको भन्दै शिक्षाका कर्मचारीले विरोध जनाइरहेका बेला संसदीय समितिले दुवै मन्त्रालयका प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो।

स्थानीय विकास मन्त्रालयले आफूलाई सर्वज्ञाता नठानी संघीयताका विषयमा अरूले पनि जान्दछन् भन्ने बुझ्न गौतमले आग्रह गरे। उनले संघीय मामिला मन्त्रालयका सचिवलाई भने– ‘आफूलाई सर्वज्ञाता भन्न छाड्नुपर्यो। एउटै डालोमा हालेर शिक्षाका कर्मचारीमाथि विभेद गर्न खोज्नु हुन्न।’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव थपलियाले स्थानीय तहमा कर्मचारी खटाउनेबारे तय भएको विधिलाई स्मरण गर्न आग्रह गर्दै जो वरिष्ठ छ त्यही कार्यकारी हुन्छ भन्नु नै गलत भएको जिकिर गरे।

उनले संक्रमणकालीन अवस्थामा जसरी पनि व्यवस्थापन हुनुपर्ने धारणा राखे। शिक्षा मन्त्रालयका निमित्त सचिव गौतमले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आफूलाई संघीयताको सर्वज्ञाता ठानेको आरोप लगाउनुभयो। स्थानीय तहमा पठाउँदा जेष्ठता र कनिष्ठताका विषयमा विवाद हुँदा शिक्षा मन्त्रालयका कर्मचारीको काम गर्ने मनोबल घट्न सक्ने दाबी उनको थियो। 

संविधानबमोजिम स्थानीय तहलाई विद्यालय व्यवस्थापनको जिम्मेवारी तोकिएको अवस्थामा विद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन स्थानीय तहमा विद्यालय र शैक्षिक व्यवस्थापन सम्बन्धमा समितिले शिक्षा मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग छलफल गरेको हो।

,

प्रतिकृया दिनुहोस्

Loading...