काठमाडौंबाट ९ केजी सुन सहित सोनाम पक्राउ

  • काठमाडौं ।

काठमाडौंको सितापाईलाबाट ९ केजी सुन सहित एकजना पक्राउ परेका छन् ।

मंगलबार साँझ ९ ओटा सुनका बिस्कुट सहित साईमन सोनामलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले जानकारी दिए ।

सोनामले उक्त सुन केरुङ नाकाबाट रसुवा हुँदै काठमाडौं ल्याएको बताईएको छ ।

यसैबिच, प्लाष्टिकको चामल बिक्री वितरणमा संलग्न टंक शेरचनलाई पनि प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ काठमाडौंको सानोभ¥याङ बाट शेरचनलाई नियन्त्रणमा लिईएको एसएसपी जोशीले जानकारी दिए ।

चिन र भियतनाममा बनेको आरसिटी ब्राण्डको नक्कली चामल विक्री वितरणमा संलग्न शेरचन बारे थप अनुसन्धान भईरहेको एसएसपी जोशीले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...