आइतबार राति एक्कासि यी युवाहरुले प्रधानमन्त्री देउवाको कुर्सी हल्लाइदिएपछि.! (भिडियोसहित)

  • काठमाडौं ।
आइतबार बेलुका कान्तिपुर टिभीमा प्रसारित साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवा र सहभागीहरुबीच निकै रोमाञ्चक र चर्को प्रश्न–उत्तर भएको देखियो । कार्यक्रमको बीच भागमा पुग्ने बेलामा सहभागी एक युवाले प्रधानमन्त्री देउवालाई एउटा महत्वपूर्ण प्रश्न राखे । 

उनले सिंगापुरमा लि क्वान युलाई ढुंगा दिएपछि हिरा बनाए, नेपालमाचाहि जुन प्रधानमन्त्री आएपनि हिरा हातमा पर्नासाथ त्यसलाई ढुंगा बनाएको आरोप लगाउँदै यसको कार्वाहीको भागीदार को हुने ? भन्ने प्रश्न राख्नासाथ प्रधानमन्त्री देउवाको मुखाकृति अलि अँध्यारो हुँदै गयो । त्यतिमामत्र होइन ती युवाले विकसित मुलुकमा योग्य र अति उत्कृष्ठ व्यक्ति मात्र प्रधानमन्त्री भएका र नेपालमा त्यस्तो नभएको भन्दै व्यंग्य समेत गरे । 

उनले बेलायतमा अक्सफोर्ड विश्वविद्यालय पढेकाले मात्र देश चलाएको स्मरण गराउदै भने - 'नेपालमा योग्य नेता छैनन् तपाईहरु कहिले विस्थापित हुने ?' यो प्रश्न सुनेपछि त झन् प्रधानमन्त्री देउवाको पारो तातिकसकेको थियो ।  तर सो आक्रोसलाई हासोमा बदल्दै देउवाले निकै महत्वपूर्ण राष्ट्रियतासँग जोडिएको उत्तर दिन सफल भए । 

प्रधानमन्त्री देउवाले आक्रोसित जवाफ दिने क्रममा नेपालमा पनि कुनै अक्सफोर्ड विश्वविद्यालयको विद्यार्थी आएर देश चलाउनुनपर्ने समेत बताए । उनले नेपालमा अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थीले नभई त्रिभुवन विश्वविद्यालयकै विदार्थीले देश चलाउन सक्ने क्षमता राख्ने प्रष्ट पारे । 

आफु पनि संसदमा बहुमत ल्याएर योग्य प्रधानमन्त्री भएको दावी गर्दै प्रधानमन्त्री देउवाले  । अब सरकारको योजना बृद्धभत्तालाई दोब्बर बनाउने रहेको बताएका थिए । 

त्यस्तै कार्यक्रममा सहभागी अन्य प्रश्नकर्ताले दुई दम्बर प्रदेशको स्थानीय चुनाव, संविधान संशोधन, प्रदेश र संघको चुनाव, नेपाली कांग्रेसको चुनावी तालमेल लगायतका विषयहरुसँग जोडेर प्रश्न राखेका थिए । प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव र आइजीपी प्रकरणका बारेमा समेत प्रश्न सोधिएको थियो । उक्त प्रश्नको जवाफ दिदै प्रधानमन्त्री देउवाले त्यसमा अदालतको सिधै हस्तक्षेप भएको आरोप लगाएका थिए । 

हेर्नुहोस् भिडियो 

,

प्रतिकृया दिनुहोस्

Loading...