हिलारीबारे रुसले संवेदशील जानकारी दिएको थियो, ट्रम्पका छोराले गरे खुलासा

  • काठमाडौं । 

लामो समय मौन बसेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले राष्ट्रिय चुनावबारे एक ईमेल सार्वजनिक गरेका छन् । उनले रुसका एक व्यक्तिले पठाएको ईमेल सार्वजनिक गर्दै हिलारी क्लिन्टनको विषयमा संवेदशील जानकारी दिएको सार्वजनिक गरेका छन् ।

ट्रम्पका जेठा छोरा जुनियर ट्रम्पले रुससँग ट्रम्पको समर्थनको हिस्सा बन्न सक्ने सूचना आफूलाई दिइएको बताएका छन् ।

जुनियर ट्रम्प र रुसी वकिलबीच ट्रम्प टावरमा क्लिन्टनको चुनावी अभियानलाई असर पुर्‍याउने सामग्रीका विषयमा भेटवार्ता भएको पनि सार्वजनिक भइसकेको छ । ईमेलमा राष्ट्रपतीय निर्वाचनमा रुसले सहयोग गरेको विषयलाई स्वागत गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो जेठो छोराले इमेल श्रृंखला सार्वजनिक गरेर पारदर्शी काम गरेको बताएका छन् । यो खुलासाले राष्ट्रपति चुनावलाई लिएर रुस-अमेरिकाबीच उत्पन्‍न विवाद नयाँ चरणमा पुगेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...