चुनाव हारेपछि अन्ततः एमालेसँग यसरी मिले प्रचण्डसहित अन्य दल...

  • काठमाडौं । 
मोरङमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसहित अन्य साना दलले प्रतिपक्षी एमालेसँग हात मिलाएका छन् । मोरङको एक मात्र महानगरपालिका बिराटनगरमा जित हात पारेको काँग्रेस भने एक्लिएको छ ।

जिल्ला समन्वय समिति गठन गर्नका लागि कुनै पनि दलको स्पष्ट बहुमत नपुगेको र गठबन्धन निर्माण गर्नुपर्दा काँग्रेस एक्लिएको हो ।

एमालेको नेतृत्वमा साना ४ दल मिलेर जिल्ला समन्वयसमिति गठन गर्ने सहमति गरेका छन् । एमालेले माओवादी केन्द्र, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकसँग सहमति गरेको हो ।

गठबन्धनका तर्फबाट एमाले नेता नरेश पोखरेल समन्वय समितिको प्रमुखको उमेद्बार बन्ने भएका छन् । सहमति अनुसार उपप्रमुख माओवादीले पाउने भएको छ भने फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले ३ ३ सदस्य पाउने भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...