चर्चित अभिनेता अनमोल केसीकी आमा सुस्मिता केसीले पत्रकारलाई ज्यानमार्ने धम्की दिएपछि..

  • काठमाडौं ।
चर्चित अभिनेता अनमोल केसीकी आमा तथा चलचित्र निर्मात्री एवं अभिनेत्री सुस्मिता केसी (बम्जन)ले पत्रकार उत्सव रसाइलीलीलाई भौतिक आक्रमणको धम्की दिएकोप्रति चलचित्र पत्रकार संघ नेपालले आपत्ति जनाएको छ । 

संघका सचिव वैकुण्ठ पराजुलले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘चलचित्र निर्मात्री तथा अभिनेत्री सुस्मिता केसी (बम्जन) ले यस संघका कार्यसमिति सदस्य पत्रकार उत्सव रसाइलीलाई नियोजित रूपमा भौतिक आक्रमणको धम्की दिँदै मानसिक असर पर्ने गरी सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट गालीगलौज गरेकोप्रति चलचित्र पत्रकार संघ नेपाल गम्भीर ध्यानाकर्षणसहित आपत्ति प्रकट गर्दछ ।’

संघकै साधारण सदस्य स्वस्तिका चिलुवाललाई सुस्मिताले यसअघि भौतिक आक्रमणसम्मको धम्की दिएको र अहिले रसाइलीलाई पनि धम्की दिनु स्वतन्त्र पत्रकारितामाथिको ठाडो हस्तक्षेप भएको संघले निष्कर्ष निकालेको छ । ‘स्वतन्त्रतापूर्वक आफ्नो धर्म निर्वाहमा जुटेको पत्रकारमाथि यो हदसम्मको दुव्र्यवहार गरिनुले प्रेस स्वतन्त्रताको हनन गरेको संघको ठहर छ’, जारी विज्ञप्तिलमा उल्लेख छ, ‘संघ पत्रकारमाथि हुने यस्ता घटनाको कडा भत्र्सना गर्दछ ।’

भौतिक आक्रमणको धम्की दिनु पर्नाको र लैंगिकता र जातीयता सम्बन्धमा अनैतिकता प्रस्तुत गर्नुको कारण तीन दिनभित्र जवाफ पेश गर्न संघले सुस्मितालाई भनेको छ । यदी उक्त समयावधिमा जवाफ पेश नगरिए सुस्मितासँग सम्बन्धित कुनै पनि गतिविधिे वहिष्कार गर्ने चेतावनी संघले दिएको छ ।

विज्ञप्तिको पूर्णपाठ

मितिः २०७४ साउन १०

प्रेस विज्ञप्ति

चलचित्र निर्मात्री तथा अभिनेत्री सुस्मिता केसी (बम्जन) ले यस संघका कार्यसमिति सदस्य पत्रकार उत्सव रसाइलीलाई नियोजित रूपमा भौतिक आक्रमणको धम्की दिँदै मानसिक असर पर्ने गरी सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट गालीगलौज गरेकोप्रति चलचित्र पत्रकार संघ नेपाल गम्भीर ध्यानाकर्षणसहित आपत्ति प्रकट गर्दछ ।

समाचारका विषयमा चित्त नबुझेमा अपनाउन सकिने प्रावधानलाई मिच्दै सामाजिक सञ्जालमा अभ्रद शब्दहरू प्रयोग गरी जातीय विभेद देखाउने तथा लैंगिकतामाथि प्रश्न उठाउनुका साथै फोन तथा तेस्रो व्यक्तिको प्रयोगमा ज्यान लिनेसम्मको धम्की दिएको भन्दै पत्रकार रसाइलीको यस संघमा निवेदन प्राप्त भएको हुँदा निज सुस्मिताको उक्त व्यवहार समग्र चलचित्र पत्रकारिता तथा चलचित्र उद्योगको बदनाम गराउने नियतको देखिएको संघको ठहर छ ।यसअघि पनि संघकै साधारण सदस्य स्वस्तिका चिलुवाललाई पनि सुस्मिताले सार्वजनिक रूपमा भौतिक आक्रमणसम्मको धम्की दिनुलाई स्वतन्त्र पत्रकारितामाथिको ठाडो हस्तक्षेप भएको संघको निष्कर्ष छ ।

स्वतन्त्रतापूर्वक आफ्नो धर्म निर्वाहमा जुटेको पत्रकारमाथि यो हदसम्मको दुव्र्यवहार गरिनुले प्रेस स्वतन्त्रताको हनन गरेको संघको ठहर छ । संघ पत्रकारमाथि हुने यस्ता घटनाको कडा भत्र्सना गर्दछ ।यस उपर किन र के कारणले यो प्रकारको धम्की दिनुभयो अनि घृणित तबरले निकै व्यैयक्तिक मानिने लैंगिकता र जातीयता सम्बन्धमा अनैतिकता प्रस्तुत गर्नुभयो भन्दै चलचित्र पत्रकार संघ नेपालले तपाईं सुस्मिता केसी (बम्जन) सँग तीन दिनभित्र लिखित स्पष्टिकरण माग गर्दछ ।

यदि तोकिएको समयभित्र जवाफ प्राप्त नभएमा तपाईं र तपाईंसँग सम्बन्धित कुनै पनि गतिविधि चलचित्र पत्रकार संघले वहिष्कार गर्ने चेतावनी दिन चाहन्छौं ।

सचिव

बैकुण्ठराज पराजुली

प्रतिकृया दिनुहोस्

Loading...