प्रेमिकालाई यौनसम्पर्कका लागि कसरी फकाउने ? यस्ता छन् तरिका...


यौन जीवनका बारेमा विभिन्न अध्ययनहरु हुने गर्छन् । ती अध्ययनबाट यौनका बारेमा नयाँ नयाँ कुरा पत्ता लाग्छ । भर्खरै गरिएको एक अध्ययनबाट युवतीलाई कसरी यौन सम्पर्क राख्नका लागि राजी बनाउने भन्ने बारेमा पत्ता लागेको छ ।

सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नुपर्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ । तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । 

यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ ।

प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ । आपसी समझदारी वढाउन मद्दत मिल्छ ।

यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ । यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ । 

उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, पुठ्ठा, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन् ।

यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न । यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...