११ डिआइजीहरु एआइजीमा बढुवा, जयबहादुर चन्द दोस्रो नम्बरमा (सूचीसहित हेर्नुहोस्)

  • काठमाडौं । 
सरकारले ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ।

सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवा सिफारिसमा परेका ११ जना डिआइजीहरूलाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

एआईजीमा बढुवा हुनेमा एक नम्बरमा बमबहादुर भण्डारी,  दोस्रो नम्बरमा जयबहादुर चन्द र तेस्रो नम्बरमा देवेन्द्र सुवेदी छन् । त्यसैगरी, एआईजीमा बढुवा हुनेहरूमा पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई रहेका छन् ।
डिआईजी नवराज सिलवास भने बढुवा सिफारिसमा परेनन् । आईजीपी बढुवाका विषयमा डिआईजी सिलवालको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेकाले तत्कालका लागि सिलवाल बढुवा हुनबाट बञ्चित भएका स्रोतले जनाएको छ ।

२०७४ साउन १९ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...