बार्यन म्युनिखलाई हराउदै फाइनलमा पुग्यो लिभरपुल

एजेन्सी ।

इंग्लिस क्लब लिभरपुल जर्मनीमा भइरहेको प्रि–सिजन भ्रमण अन्तर्गतको आउडी कप फुटबलको फाइनलमा पुगेको छ । 

मंगलबार राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखलाई ३–० ले हराउँदै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो । लिभरपुललाई जिताउन छैटौं मिनेटमा साडियो माने, ३४ औं मिनेटमा मोहम्मद सालह र ८३ औं मिनेटमा ड्यानियल स्टुरेजले गोल गरे । 

लिभपुलले अब आउडी कपको उपाधिका लागि बुधबार बेलुका स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग खेल्ने छ । एथ्लेटिको मड्रिडले इटालियन क्लब नापोलीलाई हराएर फाइनलमा स्थान बनाएको हो । बार्यन म्युनिखले तेस्रो स्थानका लागि नापोलीसँग खेल्नेछ । 

यो आउडी कपको पाँचौं संस्करण हो । विभिन्न देशका फुटबल एसोसिएसनसँग सम्बन्धित चार क्लबबिच दुई दिन जर्मनीको म्युनिखमा हुने यो प्रि–सिजन फुटबल प्रतियोगिता हो । यसलाई प्रतियोगिता भन्दा पनि मैत्रीपूर्ण खेलको रुपमा लिने गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...