सिआइएले भन्यो: उत्तर कोरियासँग तत्काल परमाणु युद्धको कुनै खतरा छैन

  • काठमाडौं ।
उत्तर कोरियाले एक महिना भित्रमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि बढेको तनाव कम गर्न सिआइएले आफ्नो भनाई सार्वजनिक गरेकको छ । 

अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सिआइए) ले उत्तर कोरियासँग तत्काल परमाणु युद्धको कुनै खतरा नरहेको बताएको छ । 

अमेरिका र उत्तर कोरिया दुवै तर्फबाट एकअर्का विरुद्ध युद्धको तयारीमा रहेको आसयका वक्तव्य आइरहेका बेला सिआइएले भने तत्काल परमाणु युद्धको कुनै खतरा नरहेको बताएको हो । तर उत्तर कोरिया परमाणु कार्यक्रममा निकै तीब्र गतिमा अघि बढिरहेको सिआइएका निर्देशक माइक पोम्पेओले बताए ।

उत्तर कोरियाले केही समय भित्रमा नै अर्को मिसाइल परीक्षण गर्ने सम्भावना रहेको उनको भनाई छ । युद्धको खतरा नरहेको भएपनि राष्ट्रपति कार्यालय ह्वाइटसाउसले रणनीतिक धैर्य राख्ने समय भने गएको उनको चेतावनी छ ।

२०७४ साउन ३० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...