अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन थापा नेतृत्वको टोली थाइल्याण्ड जाँदै

  • काठमाडौं ।
पर्सि श्रावन २० गतेदेखि थाइल्यान्डमा सुरुहुन लागेको थर्ड हिरो अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली बिहिबार  त्यसतर्फ प्रस्थान गर्दै छ । 

प्रबिण थापा नेतृत्वको १० खेलाडी सम्मिलित नेपाली तेक्वान्दो टोली बिहिबार थाइल्यान्ड प्रस्थान गर्न लागेको हो ।  थापाले त्यस खेलमा अन्तरराष्ट्रिय रेफ्रीको भूमिका निर्बाह गर्ने छन । त्यस्तै खेलाडी अमिन तमाङले टिम कोच गर्ने छन ।

यसैक्रममा खेलाडीलाई ब्लु बर्ड स्कुलले टिसर्ट र नगद सहयोग गरेर खेलको सफलताको कामना गर्दै थाइल्याण्ड जाने टोलीलाई विदाई गरेको छ भने  चम्पापुर जेसिसले खेलाडीलाई सम्मान गर्दै शुभकामना ब्यक्त गरेको छ ।

२०७४ साउन १९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...