नेकपाबाट निष्कासित गगन खड्का उर्फ जीवनको यस्तो रामकहानी

समिर घिमिरे ।


जीवन उर्फ गगन खड्कामा मूलरुपमा ३ प्रकारका प्रवृत्तिहरु देखा परेका थिए । पहिलो, उनमा चुनाव परस्त प्रवृत्ति देखा परेको थियो । 

उनले धादिङको केन्द्रीय समिति बैठकमा नै संसदीय चुनावमा जार्नुपर्ने तर्क गरेका थिए । त्यसबेला त्यसो भन्ने उनी एक्ला केन्द्रीय सदस्य थिए । 

सशस्त्र युद्ध वा चुनाव एउटा रोज्नु पर्ने उनको तर्क थियो । तर युद्ध चुनावी ग्रन्थी छोप्न, क्रान्तिकारी देखिन ल्याइएको थियो । सायद पार्टी बादल–गुरुङ पथमा जान्छ, घुमिफिरी प्रचण्डको तलुवा चाट्न जान्छ भन्ने उनलाई लागेको हुँदो हो । उनले पार्टी चुनाव खारेजमा जाने देखेपछि तल्ला समितिमा उचाल्न खोजे, कसैले मानेन । त्यसको सूचना माथिल्लो समितिमा आइरह्यो । 

दोश्रो, उनी शंकास्पद कामहरुमा भित्र–भित्रै लागिरहेको सूचना थियो । उनको मन पनि अनुहारजस्तै कालो रहेछ । उनले जाजरकोटका काँग्रेस समर्थक ठेकेदारहरुसँग सुर्खेतमा बसेर रविन्द्र शाहलाई आक्रमण गर्ने योजना बनाए ।
गगन खड्का उर्फ जीवन ।

काँग्रेसलाई नै हैरान पारेका, अरुलाई ठेक्का हाल्न पनि नदिने, नामुद गुण्डा थिए रविन्द्र शाह । ‘यसलाई ठिक पार्नुस् २० लाख दिन्छौं भनेछन्’ रविन्द्र शाह विरोधी काँग्रेसको कुरा सुनेर (आफ्नो योजनामा होइन) आक्रमणको योजना बनाए । टोली घरमा पुग्दा भनाभन र झडप भयो । भिडन्तमा शाह मारिए । जिल्लाको नेतृत्वलाई थाहै नदिई तलका टिपेर घटनामा पठाइयो । जिल्लाले पार्टीको होइन भनेर कडा वक्तव्य दियो ।

घटना भएपछि जीवनले प्रहरीसँग ‘म होइन संलग्नलाई बुझाउँछु भनेछन् । उनले केहीलाई बुझाए पनि । अरु थपलाई बुझाउन खोज्दै गर्दा सूचना चुहियो र सतर्क गराइयो ।’ पार्टी मुख्यालयले भेरी ब्युरोलाई एक, रविन्द्र खराब मान्छे हो र उसकै कारण घटना भएको हो भन्ने, दोश्रो, दोहोरो पिटापिट हुनजाँदा योजना नहुँदा नहुँदै घटना भएको हो भनेर सामान्यकरण गर्न भनेको थियो । 

नेता बन्नुपर्ने, फाइदा सोहोर्ने, जोखिम र कमजोरी अरुलाई थोपर्ने सोचका जीवन उर्फ गगन पार्टीको उक्त निर्णयबाट उत्तेजित भए । यस्ता थुप्रै शंकास्पद कार्यमा उनको संलग्नता रहेको थियो । त्यसैगरी उनले चरम भ्रष्टाचार गर्दै आएका थिए । भेरी ब्युरोको बैठकमा नै त्यो विषय कार्यकर्ताले उठाएका थिए । क्रसर उद्योग, ठमेलमा होटल, आईएमईलगायत करोडौं सम्पत्ति थुपारेपछि उनले ‘भीर खोज्न’ थालेका थिए । 

उनको नेपालगञ्जमा घरपरिवार छ, कोहलपुरमा कोठा लिएर अर्कै महिलासँगै बस्दै आएको कुरा बाँके जिल्लाको बैठकमै उठेको, कोहलपुरको कोठा छोड्न निर्देशन भएको तर नमानेको कुरा बाँकेका सेक्रेटरी चिन्तामणी बताउँछन् । ब्यापारीहरुको झगडामा एउटाको पक्ष लिएर अर्कोसँग रकम असुल्ने उनको पेशा नै हो । दारु, भ्रष्टाचार र अनैतिक हर्कत तिम्ल्याहा उनका दाजुभाई हुन् नै ।

प्रचण्ड yatiबेला बाहिर पार्टी एकताको कुरा गर्ने, भित्रभित्र क्रान्तिकारी धारालाई उठ्न नदिने, दमन गर्ने षड्यन्त्रमा छन् । ‘मैले त एकताको कुरा गर्नैप¥यो, तिमी दमनको तयारी गर’ देउवालाई भन्दै होलान् । देउवा गैरजिम्मेवार र अपराधिक मनोवृत्तिका मान्छे हुन् । 

उनी प्रचण्डको पङ्तिमा जानु भनेको गोली कताबाट कसरी दाग्ने ? भन्न, सूचना बेच्न जानु हो । भेरी कर्णाली दलित समुदाय बहुल क्षेत्र हो । उनले संधै दलित, थारु, जनजाती समुदायलाई उत्पीडन र अपमानित गर्दै आए । उनको अपमानका कारण थुप्रै कार्यकर्ता पलायन भए । उनको पलायनले त्यो समुदाय भने हर्षित भएको छ । 

सोचाई र व्यवहारमा सामन्ती, चेतनामा रुढीवादी, लम्पट कार्यशैली, परिपत्र पनि तलका साथीहरुले लगिदिनु पर्ने झुर मान्छे थिए खड्का । उनको चालामाला हेर्दा ‘अरु–अरु देशले के कति गरिसके, खाइसके ब्रम्हाण्ड नै तनतनी, हाम्रो बाहुन मस्त छ अझै छामी टुप्पी, जनै, कन्दानी’ उखानको सम्झना हुन्छ । पीवीमा नलगेकोमा उनको सबैभन्दा ठूलो गुनासो थियो । उनका आफन्तले समेत चोकचोकमा ‘पार्टीले पीवीमा नलगेर अन्याय गरेको’ भन्दै हिँड्थे । तर उनको औकात जिल्ला सदस्यको जति पनि थिएन ।

जीवन उर्फ गगनले जिल्लामा गुट बनाउने, इमान्दार कार्यकर्तालाई पन्छाउने, कार्यदिशाको विरुद्ध बोल्ने गर्न थालेपछि उनको विरुद्ध प्रतिवाद भयो । त्यसलाई उनले चुनाव अघिको कलंकीमा भएको बैठकमा नेतृत्वले नै उचालेको गुनासो गरे । नेतृत्वले चाहिनेभन्दा बढी उदार भएको स्पष्ट पा¥यो । 

जिल्लामा नाङ्गिँदै गएपछि उनी चिड्चिडाहटमा देखिन्थे । त्यस्तो अवस्थामा नेतृत्व गर्न नसक्ने भए जिम्मेवारी नलिन भनियो, भन्नैपथ्र्यो । त्यसपछि जिम्मेवारी विहिन भए । 

गएको केन्द्रीय समितिको बैठकले उनलाई केन्द्रीय समितिबाटै हटाएको थियो । उनले जनयुद्धकालको समेत प्रश्न उठाएर प्रतिकृयावादी समक्ष प्राणको भीख मागेका छन् । त्यसबाट उनको नियत र मनोदशा बुझ्न सकिन्छ ।

जीवन उर्फ गगन काजीले सञ्चार गुहार्न नगएको कुरा गरेका छन् । ए काजी, तिमी १३ गते २ बजे जनआस्था, ४ बजे साँघु र त्यसअघि कान्तिपुर दैनिकको कार्यकालमा किन गएका थियौ ? झाम्टा पार्न ? 

तिमीलाई अहिले दिल्लीका दलाल र प्रचण्डको तलुवा चाट्नेहरुले उचालेका होलान्, बेस्याहरुले पतिब्रताको प्रवचन दिएझैं तिमी उचालिंदै हौला । तर उनीहरुलाई तिमीजस्ता हल्लुँडोको धेरै दिन प्रयोजन हुनेछैन । त्यसपछि तिम्रो हैसियत दाङका बुढी बदिनीको भन्दा फरक हुनेछैन । काजी हेक्का राख ।

प्रतिकृया दिनुहोस्

Loading...