गृहमन्त्रीको पावरमा महिला पत्रकारमाथि दुर्व्यवहार गर्ने बैदाम प्रहरी प्रमुख शर्माले मागे माफी

  • आश तमु,पोखरा ।
गृहमन्त्रीको पावरमा पोखराकी महिला पत्रकार आस्था नेपालीमाथि दुर्व्यवहार गर्ने बैदाम पोखराका प्रमुख प्रहरी निरीक्षक बसन्त शर्माले माफी मागेका छन् ।

समाचार संकलनका क्रममा पोखराको पृथ्वीचोकस्थित सस्तोबजार पुगेकी इमान्दार मिडिया प्रालिद्वारा संचालित सञ्चार केन्द्र डट कमकी संवाददाता नेपालीमाथि निरीक्षक शर्माले दादागिरी शैली देखाउँदै गत २१ गते दुर्व्यवहार गरेका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र क्रान्तिकारी पत्रकार संगठन नेपालका गण्डक - धौलागिरी व्युरो संयोजक ओम हमालसहित मंगलबार सामुदायिक सेवा केन्द्र पोखरा शान्तिवनस्थित कार्यालयमा भएको छलफलका क्रममा निरीक्षक शर्माले गल्ति स्वीकार गर्दै माफी मागेका छन् ।

छलफलका क्रममा अध्यक्ष श्रेष्ठ र संयोजक हमालले भविस्यमा यस्ता कार्य नगर्न सुझाव दिएका थिए । पीडित पत्रकार नेपालीले यस विवादलाई समाप्त गर्न आफू तयार रहेको बताएपछि दुर्व्यवहार गर्ने प्रहरी निरीक्षक शर्मा, पीडित पत्रकार नेपालीसहित बैठक बसेको थियो । त्यसक्रममा शर्माले अबदेखि यस्ता गल्ति र कमीकमजोरीहरु नदोहोर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सस्तो बजार टेण्डर प्रकिया खारेजीको माग गर्दै ३७ औ दिनसम्म आन्दोलनरत व्यापारीहरु र प्रहरीबीच भनाभन भइरहेको तस्बिर र भिडियो लिईरहेकी पत्रकार नेपालीमाथि वैदाम प्रहरीका हाल सालै सरुवा बोकेर आएका प्रहरी निरीक्षक बसन्त शर्माले रिपोर्टिंघङ निस्तेज लगाउदै क्यामेराे खाेसेका थिए । 

यस्तै महिला पत्रकारमाथि भएको यस प्रकारको दुर्व्यवहारप्रति इमान्दार मिडिया प्रालिका अध्यक्ष कमल बुढाले कडा आपत्ती जनाएका थिए । 'स्वतन्त्र प्रेसमाथिको यस प्रकारको हमलाले गणतान्त्रिक सरकारको चरित्र उदांगीएको छ । हामी यस्ता क्रियाकलाप तुरुन्त रोक्न माग गर्दछौ ।' उनले भनेका थिए ।

राज्यको चौथो अंग मानिएको सञ्चार क्षेत्रलाई यसरी प्रहरीले निशाना बनाइनु निकै निकृष्ट र फासिवादी शैली भएको भन्दै बुढाले प्रहरीको यस प्रकारको रबैयाले स्वतन्त्र प्रेसको घाटी निमोठ्न खोजेको महसुस भएको बताएका थिए ।

त्यस्तै प्रा.लि.की सञ्चालक तथा अनलाइनलकी सम्पादक दिया चन्दले महिला पत्रकारहरुमाथि घटेको यस प्रकारको घटनाको निन्दा एबंम घोर भत्सना गरेकी थिइन् । प्रेस स्वतन्त्रताको खिल्ली उडाउन खोज्ने जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने उनको भनाई थियो । प्रहरीबाटै महिला पत्रकारमाथि यस्तो दुर्व्यवहार हुनु लज्जास्पद भएको उनको भनाई थियो ।

निरीक्षक शर्मा गृहमन्त्री जनार्दन शर्माका भतिज हुन् । गृहमन्त्रीकै पावर लगाएर २ महिना अघि उनि बैदाम प्रहरी प्रमुख बनेर गएका थिए । पावर र सोर्सफोर्स लगाउन आउनेहरु खबरदार भन्दै गृह सम्हाल्न पुगेका मन्त्रीले अहिले भने आफन्तलाई सरुवा बढुवा गर्न कुनै कसर बाकि नराखेको स्रोतको भनाई छ । पत्रकार नेपाली पोखरास्थित बिग एफएमकी रिपोर्टर समेत हुन् ।

यो पनि पढ्नुहोस् 

२०७४ साउन २५ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...