अन्ततः बाबा राम रहीमको बलात्कार गर्ने गुफाबारे डरलाग्दो रहस्य खुल्यो (भिडियोसहित)

  • काठमाडौं ।
एकजना आफुलाई बाबा भनेर प्रचार गर्ने धर्म गुरुको यौन काण्डले भारतलगायतका मुलुकमा यतिबेला ठुलै तहल्का पिटिरहेको छ । मूलतः भारतीय नागरिकले उनलाई अहिले बलात्कारी बाबा भनेर चिन्न थालिसकेका छन्।

उनले आफ्नो गुफामा आउने धर्मावलम्बी महिलाहरुको जबर्जस्ती यौन शोषण गर्ने गरेको खुलासा भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले पक्राउ गरेपछि भारतिय मिडियाहरुमा ‘बलात्कारी बाबा’ राम रहीमको समाचारले  निकै स्थान पाएको थियो ।

उनको समाचारले खैलाबैला मच्चाइरहेको बेला रहीमले गुफा भित्र अहिलेसम्म कति युवतिहरुको यौन शोषण गरे भन्नेबारे खोज अनुसन्धान भइरहेको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आफ्नो गुप्त गुफामा लगेर युवतीलाई बलात्कार गर्ने गरेका कारण राम रहीमलाई भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआबीले पक्राउ गरेको थियो ।

रहिमलाई भारतीय प्रहरीले पक्राउ गरेपछि उनका समर्थकहरुले भने ठाउँ-ठाउँमा प्रदर्शन गरेर झडपकै अवस्था सिर्जना गरेका थिए । बाबा रहिमका समर्थकहरुको उग्र प्रदर्शन गर्दै आगजनी, तोडफोड र ढुंगामुढा गरेका थिए ।

बाबाको गुफाबारे डरलाग्दो खुलासा भिडियोमा हेर्नुहोस्


श्रोत : ekantipur.news

प्रतिकृया दिनुहोस्

Loading...