पार्टी कार्यालयबाटै कांग्रेसमाथि यसरी खनिए बामदेव गौतम, हेर्नुहोस् के-के भने ?

  • काठमाडौं ।
नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतम आफ्नो पार्टी कार्यालयबाटै नेपाली काँग्रेसमाथि खनिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष गौतमले उनले नेपाली कांग्रेसले जनता झुक्याउने काम मात्र गरेको आरोप लगाएका छन् ।

‘सबैभन्दा धेरै समय नेपालमा शासन गर्ने पार्टी नेपाली कांग्रेस हो । राजाले नेपालमा जति काम गरे त्यसको दश भाग पनि काम नेपाली कांग्रेसले गरेको छैन । त्यसैले नेपाली कांग्रेस विकासवादी पार्टी होर्इन विकास विरोधी पार्टी हो’ उनले भने ।

 कांग्रेसले सबैभन्दा धेरै पटक देशको सत्ता सम्हाले पनि जनताका लागि केही नगरेको उनको भनाई थियो 

‘नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा सबैभन्दा पुरानो पार्टी र दोस्रो पुरानो नेपाल कम्युनिष्ट पार्टी हो । कम्युनिष्ट पार्टी जति पुरानो भएपनि नयाँ भइरहन्छ र नेपाली कांग्रेस पुरानोको पुरानै छ कहिल्यै नयाँ हुन सक्दैन । नेपाली कांग्रेसभित्र कहिल्यै पनि अग्रगामी विचार आउँदैन ।’ गौतमले भने ।

कार्यक्रममा विभिन्न दलबाट पार्टी प्रवेश गरेकालाई एमालेले स्वागत गरेको थियो ।

२०७४ भदौ १४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...