चेङदुमा यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

  • चीन । 
चीनमा एक यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएका छन् ।

चीनको सान्ची प्रान्तको चेङदुमा गुडिरहेको उक्त बस अनियन्त्रित भई गुमाई पर्खालमा ठोक्किँदा सो दुर्घटना भएको बताइएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनाका कारण बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

२०७४ साउन २७ मा प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...