कोशी पुगेर भकाभक उद्दारमा जुटेका धुर्मुसलाई प्रधानमन्त्री बनाउन माग

  • काठमाडौं । 
तराइमा बर्षा सुरु हुन बितिकै डुबानले वर्षेनि स्थानीयलाई सास्ती हुने गरेको छ । यस्तै सप्तरीस्थित कोशी ब्यारेज छेउका बाढी र डुबान पीडितहरुलाई उद्धार गर्न कलाकार सिताराम कट्टेल धुर्मुस त्यहा पुगेर उद्धार सुरु गर।

उनि कोशी पुगेर उद्धार सुरु गर्दैगर्दाका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भए । उनका तस्बिर भाइरल हुन बितिकै समर्थक शुभचिन्तकहरुले उनलाई नेपालको प्रधानमन्त्री भन्दा ठुलो मान्छे भन्दै सामाजिक सञ्जालमा प्रसंसा गर्न थालेका छन् । 

धुर्मुसका फ्यानहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायतको सरकारी टोली हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्रको निरक्षण गरिरहेको प्रति व्यंग्य गर्दै त्यस्ता नेता र मन्त्री हुनुभन्दा धुर्मुसलाई नेपालको प्रधानमन्त्री बनाउने ठिक हुने तर्क गरेका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरुले कतिपय ठाउँमा निरीक्षण गर्न गएर विमानस्थलबाटै फर्किएको समाचार आइरहेका बेला कलाकार धुर्मुसले प्रभावित क्षेत्रमै गएर पीडितको उद्धार गरी राहत समेत वितरण गरेको भनेर सामाजिक सञ्जालमा धुर्मुसको चौतर्फी तारिफ र प्रशंसा भइरहेको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तारिफ गर्दै उनी प्रधानमन्त्री हुनुपर्छ भन्ने तर्क सहितका स्टाटसहरु पोस्ट गर्न थालेका छन् ।

हेरौ सामाजिक सञ्जालमा कसले के भने 







,

प्रतिकृया दिनुहोस्

Loading...