अर्घाखाँचीमा मध्यराती जीप दुर्घटना, ६ घाइते

  • अर्घाखाँची । 
जिल्लाको भूमिकास्थान नगरपालिका–८ मा लु १ ज २६६४ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका- ८ का खुमानन्द बन्जाडे, सन्धिखर्क नगरपालिका-२ का सुरज भुसाल, विकास भुसाल, प्यूठान जिल्ला घर भएका चालक माधव पराजुली, पुरन परियार र सुनिल क्षेत्री दुर्घटनामा परी घाइते भएका हुन् ।

घाइतेमध्ये खुमानन्द बन्जाडे, सुरज भुसाल, माधव पराजुली र सुनिल क्षेत्रीलाई जिल्ला अस्पताल अर्घाखाँचीमा सामान्य उपचार पश्चात बुटवल रिफर गरिएको छ भने पुरन परियार र विकास भुसालको जिल्ला अस्पताल अर्घाखाँचीमै उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।

जीप सडकबाट करिब सय मिटर तल खसेको थियो । रातको समयमा दुर्घटना भएकाले दुर्घटनाको कारण पत्ता लागि नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी एकनारायण कोइरालाले बताए ।

२०७४ भदौ ९ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...