पृथ्वीकै पहिलो फूलको नमूना तस्वीर सार्वजनिक, सबै फूलको पूर्वज एउटै !

  • काठमाडौं ।
पृथ्वीमा अहिले भएका सबै फूलको उत्पति १४० मिलियन वर्ष पहिले अस्तित्वमा रहेको एउटै फूलबाट भएको एक अध्ययनले बताएको छ । अहिले पृथ्वीमा रहेका सबै फूलको पूर्वज एउटै रहेको अनुसन्धानमा सहभागी वैज्ञानिकहरुले बताएका छन् ।

फ्रान्सको पेरिस–सूद विश्वविद्यालयका अनुसन्धानकर्ताले पृथ्वीमा अहिले रहेका धेरै प्रकारका फूलहरुको नमूना संकलन गरी ती फूलको उत्पति तथा विकासक्रमको बारेमा अध्ययन गर्दा अहिले पृथ्वीमा रहेका सबै फूलको पूर्वज एउटै रहेको पत्ता लागेको बताएका छन् । वैज्ञानिकहरुले हाल पृथ्वीमा रहेका ७९२ प्रजातिका फूलको नमूना संकलन गरी अनुसन्धान गरेका हुन् ।

नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित अनुसन्धानको प्रतिवेदनमा कम्तिमा १४ करोड वर्ष पहिले अस्तित्वमा रहेको एकै प्रजातिको फूलबाट समय र मौसमको परिवर्तनसँगै अहिले अस्तित्वमा रहेका विभिन्न फूलको उत्पति तथा विकास भएको उल्लेख गरिएको छ ।



अनुसन्धानकर्ताले थ्री–डी मोडलबाट अहिले भएका सबै फूलको पूर्वजको स्वरुप तयार पारेका छन् जुन तीन तहको पत्र भएको फूल रहेको छ र हेर्दा यो कमल फूल जस्तै देखिन्छ ।

अनुसन्धान प्रतिवेदनका लेखक तथा पेरिस–सुद विश्वविद्यालयका प्राध्यापक एर्हबी सोकेले अहिले पृथ्वीमा अस्तित्वमा रहेका कुनै पनि फूलहरु आफ्नो पूर्वज जस्तो रुपको नभएको बताएका छन् ।

फूलको सेक्सको विकासक्रममा अत्यधिक बहस हुने गरेको पाइन्छ । फूलको पूर्वजको विषयमा अनुसन्धान गर्दै आएको केही अनुसन्धानकर्ताले अहिलेका फूलको पूर्वज युनिसेक्सुअल वा बाइसेक्सुअल के थिए भन्नेबारे ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

अनुसन्धानकर्ता जेसन हिल्टनले यो अध्ययनले फूलको पूर्वजको बारेमा तथ्यगत जानकारी लिन धेरै नै सहयोग गरेको र यसबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।-बीबीसी

,

प्रतिकृया दिनुहोस्

Loading...