सप्तरीको देउरीभरुवामा बाँध भत्काएर खोला गाउँ पसेपछि स्थानीयको भागाभाग, एक बेपत्ता

  • सप्तरी ।
सप्तरीको राजविराज विरौलामा रहेको खाँडो खोलाले बाध भत्किाएर गाँउ पस्दा स्थानीयहरुको भागाभाग भएको छ । बाढी नियन्त्रणमा खटिएका एक स्थानीय बेपत्ता भएका छन् । राजविराज नगरपालिका–१०, विरौल भन्ने स्थानमा बाढीले बिहानै बाँध भत्काएको हो । 

खोलाले बालुवा र माटोले बनाइएको बाँधलाई कटान गरेर वस्तीमा छिरेपछि स्थानीयहरु त्रसित भएका छन् । स्थानीय बासिन्दा अहिले सुरक्षित स्थानको खोजीमा लागेका छन् । खोलामा आएको बाढीले बाँध भत्किएपछि बस्तीमा पानी पसेको छ ।

बाँध कटान गर्न थालेपछि नियन्त्रणको प्रयासमा नेपाली सेनासँगै लागेका स्थानीय ६० वर्षीय डोमी यादव ढिस्कोमा पुरिएका छन् । उनी खोलामा वेपत्ता रहेकोले सेना र स्थानीयले खोजी जारी राखेका छन् ।

बाँध भत्किएपछि राजविराज नगरपालिकासहित छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालीनी गाउँपालिका डुबानमा पर्ने खतरा बढेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...