यस्ता छन् सेक्स लगत्तै पुरुष पार्टनरलाई भन्न नहुने कुराहरु

  • काठमाडौं । 
सेक्स लगत्तै तपाईंको दिमागमा हलचल हुनसक्छ तर तपाईंले के बोल्नुहुन्छ, त्यो कुराहरु याद राख्नुहोस् । सम्बन्धलाई लामो समयसम्म राम्रो तरिकाले अघि बढाउन चाहनुहुन्छ भने यस्ता कुराहरु छन् ।

जसलाई तपाईंले बिर्सेर पनि भन्न हुँदैन । सेक्स लगत्तै भन्न नहुने कुराहरु यहाँ उल्लेख गरिएका छन् जसलाई सबैले बुझ्न जरुरी छ ।

१. तुलना गर्नुः

आफ्नो पुरुषको बेडको व्यवहारलाई आफ्नो पूर्व प्रेमीसँग तुलना गर्नु सबभन्दा नराम्रो मानिन्छ । सेक्स लगत्तै यस्ता कुराहरुलाई आफ्नो दिमागबाट हटाउनुहोस् ।

२. आमाको बारेमा कुराकानीः

सेक्स लगत्तै उनको आमासँग सम्बन्धित केहि पनि कुरा नगर्नुहोस् यसले उनको मुडलाई एक सेकेन्डभित्रै बिगारिदिन्छ ।

३. तपाईं अब जान सक्नुहुन्छः

तपाईंले सेक्स गर्नुभएको पुरुषको बारेमा जे सुकै सोचे पनि सेक्स लगत्तै उनलाई त्यहाँबाट जानको लागि संकेत गर्नुभयो भने त्यो भन्दा नराम्रो कुरा केहि हुँदैन ।

४. वीर्यस्खलन अहिले नगर्नुहोस्ः

सेक्सका दौरान महिलाभन्दा पुरुषको वीर्यस्खलन चाँडै हुने कुरा कसैबाट लुकेको छैन । ‘तपाईंले अलि धेरैबेर गर्नसकेको भए राम्रो हुन्थ्यो’ भन्ने जस्ता कुराहरु भनेर उनको इगोमाथि ठेस नपुर्याउनुहोस् । 

यसले गर्दा तपाईंको पुरुषलाई अर्को पटकको लागि तनाव हुने गर्दछ र यसले सेक्स लगत्तैको राम्रो मुडलाई बिगार्ने गर्दछ ।

५. नयाँ तरिकाहरु अपनाउनुहोस्ः

तपाईंको सेक्स लाइफ एउटै प्रकारको र बोरिङ भएता पनि सेक्स लगत्तै आफ्नो पार्टनरलाई सेक्सको नयाँ तरिकाहरु अपनाउने बारेमा कुरा नगर्नुहोस् । यसले सेक्स पछिको मूड खराब गरिदिन्छ । यस्ता कुराहरुको बारेमा तपाईंले अरु समयमा भन्न सक्नुहुनेछ ।

६. ठिक–ठिकैः

सेक्सपछि आफ्नो पार्टनरलाई उनको तरिकाको बारेमा प्रशंसा गर्दा राम्रो हुन्छ । विश्वास गर्नुहोस्, यस्तो कुराले तपाईंको सम्बन्धलाई धेरै लामो समयसम्म राम्रो राख्दछ । तर, यदि तपाईंको पुरुषले आफ्नो तरिकाको बारेमा सोध्दा तपाईंले ठिक–ठिकै थियो भनेर उत्तर नदिनुहोस् । 

यसो भन्नाले तपाईंको पुरुषलाई आफ्नो व्यवहारको बारेमा सोच्न बाध्य तुल्याउँछ । राम्रो शब्दहरुको प्रयोग गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

Loading...